इनम सापकोटा प्रकरणमा प्रधानन्यायाधीश शर्माको स्पष्टीकरण : मेरो संलग्नता छैन

काठमाडौं — प्रधानन्यायाधीश मनोजकुमार शर्माले ईनम सापकोटासँग आफ्नो कुनै सम्बन्ध नरहेको जनाएका छन् ।

आफ्नो नाम जोडेर विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारप्रति आश्चर्य र स्तब्धता व्यक्त गर्दै उनले ती समाचार आधारहीन र कपोलकल्पित रहेको दाबी गरेका छन् ।

बिहीबार विज्ञप्ति जारी गर्दै प्रधानन्यायाधीश शर्माले ईनमसँग आफ्नो प्रत्यक्ष वा परोक्ष चिनजान र सम्पर्क नरहेको बताएका हुन् । ‘ती व्यक्तिहरूसँग मेरो प्रत्यक्ष एवं परोक्ष रूपमा चिनजान, सम्पर्कसमेत छैन । मैले कहिँकतै भेटेको पनि छैन,’ विज्ञप्तिमा भनिएको छ ।

ईनमसँग सम्बन्धित प्रसंगमा आफ्नो नाम जोडेर समाचारहरू प्रकाशित भएकोप्रति उनले आपत्ति जनाएका हुन् ।

विज्ञप्तिमा शर्माले उक्त प्रसंगमा उल्लेख गरिएका नोभेम्बर, डिसेम्बर र जनवरी महिनामा आफू प्रधानन्यायाधीश समेत भइनसकेको उल्लेख गरेका छन् । आधारहीन र भ्रम फैलाउने उद्देश्यले समाचार प्रसारित गरिएको भन्दै उनले त्यसको भर्त्सना गरेका छन् ।

I have no connection with Inam: Chief Justice Sharma

काठमाडौँ — नेपालले बलियो प्रतिद्वन्द्वी भारत ‘ए’ विरुद्ध खेल्दै शुक्रबार एसिया कप राइजिङ स्टार्स प्रतियोगिता

काठमाडौँ — फुटबलको सर्वोच्च निकाय फिफाको अध्यक्ष पदमा पुनः निर्वाचित हुन खोजिरहेका जियानी इन्फान्टिनोलाई फ्रान्स

काठमाडौं । उच्च अदालत पाटनका एक न्यायाधीशका व्यक्तिगत सुरक्षा अधिकृत (पीएसओ) ले न्यायाधीशकै निवासभित्र आफैँलाई