काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य गोकुल बाँस्कोटाले प्रहरी महानिरीक्षक हटाउने सरकारको तयारीप्रति टिप्पणी गर्दै ‘आईजीपी होइन, तातोपानी नाका चलाऊ’ भनेका छन् ।सरकारले प्रहरी प्रमुखलाई हटाउन लागेको विषयमा आफ्नो धारणा सार्वजनिक गर्दै बाँस्कोटाले राष्ट्रिय अखण्डता र स्वाधीनताको विषयसमेत उठाएका छन्। उनले व्यापार र मुख्यमन्त्रीको हैसियत मात्र चाहिएको हो भने त्यसलाई स्पष्ट रूपमा भन्नुपर्ने टिप्पणी गरेका छन्।
‘नवझोले र भेडा आइरहनै पर्दैन,केवल व्यापार र मुख्यमन्त्रीको हैसियत चाहिएको हो । तर राष्ट्रिय अखण्डता र स्वाधीनता चाहिएको छैन भने हाकाहाकी सिक्किम बन्छु भन,’ बाँस्कोटाले भनेका छन् ।उनले प्रभाव र दासत्व फरक कुरा भएको उल्लेख गर्दै सरकारको प्राथमिकतामाथि प्रश्न उठाएका छन्। प्रहरी प्रमुख हटाउने विषयमा टिप्पणी गर्दै उनले तातोपानी नाका सञ्चालनमा ध्यान दिनुपर्ने आशय व्यक्त गरेका छन् ।बाँस्कोटाको उक्त अभिव्यक्ति प्रहरी नेतृत्व परिवर्तनको विषयसँगै राष्ट्रिय स्वाधीनता, व्यापार र सरकारको प्राथमिकतामाथि केन्द्रित छ।


