फुलकोर्ट बैठकमा फुयाँल–सापकोटा प्रकरणबारे छलफल हुने

काठमाडौं । प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले सर्वोच्च अदालतको पूर्ण बैठक (फुलकोर्ट) बोलाएका छन्। आज इजलास सञ्चालन हुनुअघि फुलकोर्ट बैठक बस्न लागेको हो।पछिल्लो समय प्रधानन्यायाधीश शर्मा र न्यायाधीश हरि फुयाँलको नाम बिचौलिया भनिएका इनम सापकोटासँग जोडिएपछि उत्पन्न विवादबारे बैठकमा छलफल हुने बताइएको छ।

न्यायाधीश फुयाँलले सापकोटासँग आफूले मात्रै नभई अन्य न्यायाधीशहरूले समेत सामूहिक रूपमा भेट गरेको प्रतिक्रिया दिएपछि न्यायालयभित्र यो विषयले थप चर्चा पाएको छ।उक्त अभिव्यक्तिपछि न्यायाधीशहरूबीचको भेटघाट, त्यसको उद्देश्य र न्यायिक मर्यादासम्बन्धी प्रश्न उठिरहेका बेला प्रधानन्यायाधीश शर्माले फुलकोर्ट बैठक बोलाएका हुन्।बैठकमा यस विषयमा केकस्तो छलफल हुन्छ र सर्वोच्च अदालतले कुनै संस्थागत धारणा सार्वजनिक गर्छ वा गर्दैन भन्ने चासो बढेको छ।

काठमाडौँ — नेपालले बलियो प्रतिद्वन्द्वी भारत ‘ए’ विरुद्ध खेल्दै शुक्रबार एसिया कप राइजिङ स्टार्स प्रतियोगिता

काठमाडौँ — फुटबलको सर्वोच्च निकाय फिफाको अध्यक्ष पदमा पुनः निर्वाचित हुन खोजिरहेका जियानी इन्फान्टिनोलाई फ्रान्स

काठमाडौं । उच्च अदालत पाटनका एक न्यायाधीशका व्यक्तिगत सुरक्षा अधिकृत (पीएसओ) ले न्यायाधीशकै निवासभित्र आफैँलाई