निर्देशन पालना नगरेपछि एन-प्याब्सनलाई गृह मन्त्रालयको निलम्बन कारबाही

काठमाडौं । गृह मन्त्रालयले राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन-प्याब्सन) लाई निलम्बन गरेको छ ।मन्त्रालयले शुक्रबार अर्को निर्णय नभएसम्मका लागि संगठनलाई निलम्बन गरेको हो ।

राष्ट्रिय निर्देशन ऐन, २०१८ बमोजिम स्वीकृति लिई सञ्चालनमा रहेको एन-प्याब्सनले मन्त्रालयका निर्देशनहरू बारम्बार अवज्ञा गरेको र संस्थाको उद्देश्य विपरीत गतिविधि सञ्चालन गरेको भन्दै मन्त्रालयले यस्तो कदम चालेको जनाएको छ ।मन्त्रालयद्वारा जारी सूचना अनुसार, संगठनका पदाधिकारीहरूले सरकारबाट स्वीकृत विधान तथा संगठनको मूल उद्देश्य विपरीतका कार्यहरू गरेको पाइएको छ । यसअघि मन्त्रालयले सम्बन्धित पक्षहरूलाई राखेर गत असोज २३ गते छलफल गराएको थियो ।साथै यसअघि जारी गरिएका निर्देशनहरू बमोजिम कार्य गर्न आग्रह गरेको थियो । तर, उक्त निर्देशनहरूको निरन्तर उल्लंघन भएपछि ऐनको व्यवस्था अनुसार कारबाही अघि बढाइएको मन्त्रालयले जनाएको छ ।

राष्ट्रिय निर्देशन ऐन, २०१८ को दफा ५ बमोजिम दिइएको निर्देशन पालना नगरेकाले सोही ऐनको दफा ६ को उपदफा (२) बमोजिम संस्थालाई अर्को निर्णय नभएसम्मका लागि निलम्बन गरिएको सूचनामा उल्लेख छ ।यसैबीच, मन्त्रालयले संगठन निलम्बन भइसकेकाले अब एन-प्याब्सनका नाममा कुनै पनि समूह वा गुटबाट हुने गतिविधिहरू पूर्ण रूपमा गैरकानूनी हुने स्पष्ट पारेको छ ।यदि संस्थाको नाममा कुनै गतिविधि गरेमा प्रचलित कानून बमोजिम कडा कारबाही गरिने चेतावनीसमेत गृह मन्त्रालयले दिएको छ।

काठमाडौँ — नेपालले बलियो प्रतिद्वन्द्वी भारत ‘ए’ विरुद्ध खेल्दै शुक्रबार एसिया कप राइजिङ स्टार्स प्रतियोगिता

काठमाडौँ — फुटबलको सर्वोच्च निकाय फिफाको अध्यक्ष पदमा पुनः निर्वाचित हुन खोजिरहेका जियानी इन्फान्टिनोलाई फ्रान्स

काठमाडौं । उच्च अदालत पाटनका एक न्यायाधीशका व्यक्तिगत सुरक्षा अधिकृत (पीएसओ) ले न्यायाधीशकै निवासभित्र आफैँलाई