१४ वर्षे अन्तर्राष्ट्रिय करियर टुंग्याउँदै ग्लेन म्याक्सवेलले लिए सन्न्यास

काठमाडौँ — अस्ट्रेलियन स्टार अलराउन्डर ग्लेन म्याक्सवेलले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएका छन् । ‘द बिग शो’ नामले चिनिने ३८ वर्षीय म्याक्सवेलले १४ वर्ष लामो अन्तर्राष्ट्रिय करियरको औपचारिक अन्त्य गरेका हुन् ।

म्याक्सवेलले ‘द फाइनल वर्ड’ पोडकास्टमा बोल्दै भिक्टोरियाका लागि घरेलु क्रिकेटबाट पनि अलग्गिने बताएका छन् ।

सन् २०१२ मा अफगानिस्तानविरुद्ध एकदिवसीय खेलबाट डेब्यू गरेका म्याक्सवेलले अस्ट्रेलियाका लागि कुल २ सय ८६ अन्तर्राष्ट्रिय म्याच खेल्दै ७ हजार २ सय २६ रन बनाएका छन् भने १ सय ३६ विकेट लिएका छन् । उनी अस्ट्रेलियालाई सन् २०१५ को एकदिवसीय विश्वकप, २०२१ को टी–२० विश्वकप र २०२३ को एकदिवसीय विश्वकप जिताउन महत्त्वपूर्ण भूमिका खेल्ने तीनपटकका विश्वविजेता खेलाडी हुन् ।

म्याक्सवेलको करियरको सबैभन्दा स्मरणीय क्षण सन् २०२३ को एकदिवसीय विश्वकपमा मुम्बईको वानखेडे स्टेडियममा रह्यो । २ सय ९२ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले ९१ रनमै ७ विकेट गुमाएर हारको संघारमा पुगेको अवस्थामा म्याक्सवेलले ऐतिहासिक इनिङ्स खेलेका थिए । उनले १ सय २८ बलमा अविजित २ सय १ रनको दोहोरो शतक प्रहार गरे । कप्तान प्याट कमिन्ससँग मिलेर आठौं विकेटका लागि २ सय २ रनको अविजित साझेदारी गर्दै उनले असम्भव ठानिएको जित दिलाएका थिए । एकदिवसीय क्रिकेटको इतिहासमा लक्ष्य पछ्याउने क्रममा दोहोरो शतक बनाउने र छैटौं वा सोभन्दा तल्लो क्रममा ब्याटिङ गर्दै दोहोरो शतक प्रहार गर्ने उनी विश्वकै पहिलो ब्याटर हुन् ।

News Credit:e.kantipur

काठमाडौँ — नेपालले बलियो प्रतिद्वन्द्वी भारत ‘ए’ विरुद्ध खेल्दै शुक्रबार एसिया कप राइजिङ स्टार्स प्रतियोगिता

काठमाडौँ — फुटबलको सर्वोच्च निकाय फिफाको अध्यक्ष पदमा पुनः निर्वाचित हुन खोजिरहेका जियानी इन्फान्टिनोलाई फ्रान्स

काठमाडौं । उच्च अदालत पाटनका एक न्यायाधीशका व्यक्तिगत सुरक्षा अधिकृत (पीएसओ) ले न्यायाधीशकै निवासभित्र आफैँलाई