लुम्बिनीद्वारा पोखरालाई ब्याटिङको निम्तो

काठमाडौँ — लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग क्रिकेटमा मंगलबारको दोस्रो खेलमा पोखरा एभेन्जर्सविरुद्ध पहिले बलिङ गर्ने भएको छ । लुम्बिनीका कप्तान रोहित पौडेलले त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पोखरालाई ब्याटिङको निम्तो दिएका हुन् ।

रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीलाई शीर्ष स्थानमा पुग्ने मौका रहेको छ । लुम्बिनीको २ खेलमा ३ अंक छ । विजय हात पारेमा लुम्बिनीको ५ अंक हुनेछ । विराटनगर किंग्स, कर्णाली याक्स र जनकपुर बोल्ट्सको ४–४ अंक छ ।

पहिलो खेलमा विराटनगर किंग्सलाई पराजित गरेको लुम्बिनीको त्यसपछि चितवन राइनोजसँगको खेल वर्षाका कारण रद्द भएको थियो । पोखरा पहिलो दुवै खेलमा पराजित भएको थियो ।

कान्तिपुर

काठमाडौँ — नेपालले बलियो प्रतिद्वन्द्वी भारत ‘ए’ विरुद्ध खेल्दै शुक्रबार एसिया कप राइजिङ स्टार्स प्रतियोगिता

काठमाडौँ — फुटबलको सर्वोच्च निकाय फिफाको अध्यक्ष पदमा पुनः निर्वाचित हुन खोजिरहेका जियानी इन्फान्टिनोलाई फ्रान्स

काठमाडौं । उच्च अदालत पाटनका एक न्यायाधीशका व्यक्तिगत सुरक्षा अधिकृत (पीएसओ) ले न्यायाधीशकै निवासभित्र आफैँलाई