एनपीएलमा आज दुई खेल हुँदै, विराटनगर–जनकपुर र लुम्बिनी–पोखरा भिड्दै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पनि दुई खेल हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेलमा विराटनगर किंग्स र जनकपुर बोल्ट्स तथा लुम्बिनी लायन्स र पोखरा एभेन्जर्स आमनेसामने हुनेछन् ।

आज दिउँसो साढे १२ बजे हुने पहिलो खेलमा विराटनगर किंग्स र जनकपुर बोल्ट्स भिड्नेछन् ।

तीन खेल खेलेको विराटनगरले एक खेलमा जित र दुई खेलमा हार बेहोरेको छ । विराटनगरले सुदूरपश्चिम रोयल्सलाई पराजित गरेको थियो भने चितवन राइनोज र कर्णाली याक्ससँग हार बेहोरेको थियो ।

यता, जनकपुर बोल्ट्सले तीन खेलमध्ये दुईमा जित र एकमा हार बेहोरेको छ । पहिलो खेलमा कर्णाली याक्ससँग पराजित भएको जनकपुरले त्यसपछि काठमाडौं गोर्खाज र पोखरा एभेन्जर्सलाई हराएको थियो ।

यसैगरी, आज दिउँसो साढे ४ बजे हुने दोस्रो खेलमा लुम्बिनी लायन्स र पोखरा एभेन्जर्स भिड्नेछन् ।

लुम्बिनीले दुई खेलमध्ये एकमा जित निकालेको छ । पहिलो खेलमा सुदूरपश्चिम रोयल्सलाई पराजित गरेको लुम्बिनीको चितवन राइनोजसँगको दोस्रो खेल वर्षाका कारण रद्द भएको थियो । उक्त खेलबाट दुवै टोलीले एक–एक अंक बाँडेका थिए ।

पोखरा एभेन्जर्सले भने आफ्ना दुवै खेलमा हार बेहोरेको छ । पोखरा पहिलो खेलमा सुदूरपश्चिम रोयल्स र दोस्रो खेलमा जनकपुर बोल्ट्ससँग पराजित भएको थियो ।

आज लुम्बिनीविरुद्ध मैदान उत्रँदा पोखरा पहिलो जितको खोजीमा हुनेछ । लुम्बिनी भने जित निकाल्दै आफ्नो स्थिति थप मजबुत बनाउने लक्ष्यमा रहनेछ ।

काठमाडौँ — नेपालले बलियो प्रतिद्वन्द्वी भारत ‘ए’ विरुद्ध खेल्दै शुक्रबार एसिया कप राइजिङ स्टार्स प्रतियोगिता

काठमाडौँ — फुटबलको सर्वोच्च निकाय फिफाको अध्यक्ष पदमा पुनः निर्वाचित हुन खोजिरहेका जियानी इन्फान्टिनोलाई फ्रान्स

काठमाडौं । उच्च अदालत पाटनका एक न्यायाधीशका व्यक्तिगत सुरक्षा अधिकृत (पीएसओ) ले न्यायाधीशकै निवासभित्र आफैँलाई