१४ वर्षदेखि अलपत्र सुखानी पुलको ठेक्का तोडियो, निर्माण कम्पनीलाई कालोसूचीमा राख्न सिफारिस

काठमाडौं । सडक डिभिजन इलामले लामो समयदेखि अलपत्र अवस्थामा रहेको सुखानी पक्की पुलको ठेक्का अन्त गरेको छ ।

मेची कोरिडोर (मदन भण्डारी राजमार्ग) अन्तर्गत इलाममा पर्ने १ करोड ६२ लाख रुपैयाँ लागतको उक्त पुल निर्माणका लागि १४ वर्ष ४ महिनाअघि सम्झौता भए पनि विगत ११ वर्षदेखि काम पूर्ण रूपमा ठप्प पारिएको थियो ।

लामो समयसम्म सम्झौता अनुसारको काम नगरी कार्यस्थल छाडेर भाग्ने निर्माण व्यवसायी स्काई–अजम्वर–शिवराम जेभी, काठमाडौंलाई कालोसूचीमा राख्न सिफारिस गरिएको डिभिजनले जनाएको छ । साथै खरिद कानुनबमोजिम थप कारबाहीको प्रक्रिया पनि अघि बढाइएको छ ।

अब कुनै पनि योजनालाई अनिर्णयको बन्दी बन्न नदिने र ठेकेदारले जिम्मेवारी पूरा नगरे सरकारी निकाय आफैँ अघि सरेर दायित्व पुरा गर्ने प्रतिबद्धता डिभिजनले व्यक्त गरेको छ ।

884638550_1438933671550084_3410700547186871158_n_RMSgXaSjBJ.webp

काठमाडौँ — नेपालले बलियो प्रतिद्वन्द्वी भारत ‘ए’ विरुद्ध खेल्दै शुक्रबार एसिया कप राइजिङ स्टार्स प्रतियोगिता

काठमाडौँ — फुटबलको सर्वोच्च निकाय फिफाको अध्यक्ष पदमा पुनः निर्वाचित हुन खोजिरहेका जियानी इन्फान्टिनोलाई फ्रान्स

काठमाडौं । उच्च अदालत पाटनका एक न्यायाधीशका व्यक्तिगत सुरक्षा अधिकृत (पीएसओ) ले न्यायाधीशकै निवासभित्र आफैँलाई