रास्वपा नेताको घरमा सञ्चालित जुवाखालमा प्रहरीको छापा, डेढलाख सहित ९ जना पक्राउ

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता अमर खड्काको घरबाट जुवातास खेलिरहेका ९ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बागलुङ बजारमा तास खेलिरहेको गोप्य सूचनाको आधारमा छापा हान्दा खड्कासहित ९ जना पक्राउ परेका हुन् ।

उनीहरूको साथबाट १ लाख ६४ हजार ९ सय २५ रुपैयाँ नगद बरामद भएको छ । प्रहरी निरीक्षक चिरञ्जीवी अधिकारीको कमाण्डमा खटिएको प्रहरी टोलीले जुवाखालमा छापा मारेको थियो ।

पक्राउ पर्नेमा बागलुङ नगरपालिका २ बस्ने ४२ वर्षीय चिरञ्जीवी शर्मा, ६३ वर्षीय रिपोर्ट जिसी, ५० वर्षीय दुर्गा बहादुर खत्री, ३५ वर्षीय हरी शर्मा, बागलुङ नगरपालिका ३ का ६६ वर्षीय भीमबहादुर खत्री छन् ।

यसैगरी ६६ वर्षकै डम्मर बहादुर भण्डारी, बागलुङ नगरपालिका १ का ५५ वर्षीय राजु गौतम र वडा नम्बर ८ का ५६ वर्षीय केशव पराजुली पनि पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरू नेता, वकिल र स्वास्थ्यकर्मी रहेका पाइएको छ । उनीहरूमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । खड्का यसअघिको प्रतिनिधि सभा निर्वाचनमा नेपाली कांग्रेस त्यागेर रास्वपा प्रवेश गरेका थिए । उनी बागलुङ नगरपालिकाका पार्टी वडासभापति हुन् ।

काठमाडौँ — नेपालले बलियो प्रतिद्वन्द्वी भारत ‘ए’ विरुद्ध खेल्दै शुक्रबार एसिया कप राइजिङ स्टार्स प्रतियोगिता

काठमाडौँ — फुटबलको सर्वोच्च निकाय फिफाको अध्यक्ष पदमा पुनः निर्वाचित हुन खोजिरहेका जियानी इन्फान्टिनोलाई फ्रान्स

काठमाडौं । उच्च अदालत पाटनका एक न्यायाधीशका व्यक्तिगत सुरक्षा अधिकृत (पीएसओ) ले न्यायाधीशकै निवासभित्र आफैँलाई