काठमाडौँ — कर्णाली याक्समा अनुबन्ध भएका टेस्ट राष्ट्र दक्षिण अफ्रिकाका चर्चित ब्याटर डेविड मिलर नेपाल आइपुगेका छन् ।
बुधबार बिहान मिलर तेस्रो नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका हुन् । उनलाई कर्णाली याक्स स्पोर्ट्स प्रालिका प्रतिनिधिले स्वागत गरेका थिए ।
३७ वर्षीय मध्यक्रमका बायाँहाते ब्याटरले दक्षिण अफ्रिकासँगै विश्व चर्चित फ्रेन्चाइज लिगहरुमा आफ्नो बलियो उपस्थिति बनाएका छन् ।
भारतको इन्डियन प्रिमियर लिग, अस्ट्रेलियाको विगबास, पाकिस्तान प्रिमियर लिगसँगै थुप्रै लिग खेलेका छन् । उनले आईपीएलमा मात्रै दिल्ली क्यापिटल्स, राजस्थान रोयल्स, किंग्स ११ पञ्जाब, गुजरात टाइटन्सबाट खेलेका थिए । सन् २०२२ मा गुजरातले उपाधि जित्दा मुलर मुख्य खेलाडी थिए ।
कर्णाली याक्स स्पोट्स् प्रालिमा अध्यक्ष गृहेन्द्र घिमिरेले मिलरको आगमनसँगै नेपालको पर्यटन प्रवर्धनमा योगदान पुग्ने बताए ।
मिलरले दक्षिण अफ्रिकाबाट एक सय ४० टी-२० आईमा २ हजार ८०४ रन बनाएका छन् । दुई शतक र ९ अर्धशतक प्रहार गरेका छन् । उनको आफ्नो करियरको दुई टी-२० शतक भारत र बंगलादेशविरुद्ध बनाएका थिए ।
News Credit ekantipur


