जनकपुरसँगको विजयले लुम्बिनी शीर्षमा मजबुत

काठमाडौँ — लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग क्रिकेटमा शीर्ष स्थानलाई मजबुत बनाएको छ । ‘च्याम्पियन क्ल्यास’ मा गत सिजनको विजेता लुम्बिनीले बिहीबार पहिलो सिजनको विजेता जनकपुर बोल्ट्सलाई १६ रनले पराजित गर्‍यो ।

१ सय ५० रनको लक्ष्य लिएर आएको जनकपुरले त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा ८ विकेट गुमाई १ सय ३३ रनमात्र बनाउन सक्यो । ४ खेलमा तेस्रो विजय हात पारेपछि लुम्बिनीको १० अंक पुगेको छ र अन्य टोलीभन्दा ३ अंक बढीको अग्रता बनाएको छ । जनकपुरको ५ खेलमा यो तेस्रो हार हो ।

लुम्बिनी १० खेलमा अपराजित रहेको छ । गत सिजन उपाधि जित्ने क्रममा लुम्बिनीले ६ खेल जितेको थियो । यस पटक टोलीको चितवन राइनोजसँगको खेलमा वर्षाका कारण रद्द भएको थियो ।

जनकपुरले १० ओभरमा ५५ रनमात्र बनाउन सकेर ५ विकेट गुमाइसकेपछि खेलमा पछाडि परेको थियो । प्रतियोगितामा पहिलो खेल खेलिरहेका पर्भेज हुसैन इमोन १ रनमा आउट भए । तृतराज दास र सैफ हसनले दोस्रो विकेटमा ३६ रनको साझेदारी गरे । तर त्यसपछि जनकपुरले १४ रनको अन्तरमा अर्को ५ विकेट गुमाएको थियो ।

तृतलाई १८ रनमा डीआरसी शर्टले बोल्ड गरे । १८ बल नै खेलेका तृतले १ चौका प्रहार गरे । हुसैनले जनकपुरबाट २८ रन बनाए । उनले २५ बल खेली ४ चौका प्रहार गरे । विशाल सुस्लिङ ४, अनिल साह १, जिम्मी निसम ९ रन र अभिषेक तिवारी शून्यमा आउट भए ।

कप्तान हरमित सिंह र आदित्य महताले आठौं विकेटमा ४३ रनको साझेदारी गरे । शेर मल्लले हरमितलाई बोल्ड गरी यो साझेदारी तोडे । हरमितले २० बल खेली ३ छक्का प्रहार गरी ३३ रन बनाए । आदित्य २३ बल खेली ३० रनमा अविजित रहे । उनले ४ छक्का प्रहार गरे ।

लुम्बिनीबाट शर्टले ४ ओभरमा २३ रन खर्चेर ३, तिलकले २ ओभरमा र शेरले ४ ओभरमा २९ रन खर्चेर २–२ विकेट लिए । रुबेन ट्रम्पलमनको नाममा एक विकेट रह्यो ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाई १ सय ४९ रन बनाएको थियो । यसअघि शट खेलको पहिलो बलमै आउट भए पनि लुम्बिनी चुनौतीपूर्ण स्कोर बनाउन सफल भएको थियो । ललित राजवंशीको पहिलो बलमा शटले राहुललाई क्याच दिन पुगे ।

credit : e. kantipur

काठमाडौँ — नेपालले बलियो प्रतिद्वन्द्वी भारत ‘ए’ विरुद्ध खेल्दै शुक्रबार एसिया कप राइजिङ स्टार्स प्रतियोगिता

काठमाडौँ — फुटबलको सर्वोच्च निकाय फिफाको अध्यक्ष पदमा पुनः निर्वाचित हुन खोजिरहेका जियानी इन्फान्टिनोलाई फ्रान्स

काठमाडौं । उच्च अदालत पाटनका एक न्यायाधीशका व्यक्तिगत सुरक्षा अधिकृत (पीएसओ) ले न्यायाधीशकै निवासभित्र आफैँलाई