राष्ट्र बैंकले तोक्यो सुनको असर्फी र चाँदीको मेडालियनको नयाँ मूल्य, असर्फी प्रतिथान ६५ हजार ४०० रुपैयाँ

काठमाडौं । नेपाल राष्ट्र बैंकले सुनको असर्फी र चाँदीको मेडियनको नयाँ बिक्री मूल्य निर्धारण गरेको छ।

राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागअन्तर्गत टक्सार महाशाखाले बुधबार (२०८३ कात्तिक १९ गते) देखि लागू हुने गरी  सुनको असर्फी र चाँदीको मेडालियनको नयाँ मूल्य सार्वजनिक गरेको हो।

महाशाखाले सार्वजनिक गरेको मूल्यसूचीअनुसार २.५ ग्राम तौलको सुनको असर्फी प्रतिथान ६५ हजार ४०० रुपैयाँ कायम गरिएको छ। त्यस्तै, १० ग्राम तौलको चाँदीको मेडियनको मूल्य प्रतिथान ३ हजार ८०० रुपैयाँ तोकिएको छ।

राष्ट्र बैंकले टक्सार महाशाखामार्फत बिक्री वितरण गर्दै आएको सुनको असर्फी र चाँदीको मेडियन खरिद गर्न चाहने सर्वसाधारण तथा सरोकारवालाको जानकारीका लागि नयाँ मूल्य सार्वजनिक गरेको जनाएको छ। उक्त मूल्य कात्तिक १९ गतेका लागि लागू हुने महाशाखाले स्पष्ट पारेको छ।

काठमाडौँ — नेपालले बलियो प्रतिद्वन्द्वी भारत ‘ए’ विरुद्ध खेल्दै शुक्रबार एसिया कप राइजिङ स्टार्स प्रतियोगिता

काठमाडौँ — फुटबलको सर्वोच्च निकाय फिफाको अध्यक्ष पदमा पुनः निर्वाचित हुन खोजिरहेका जियानी इन्फान्टिनोलाई फ्रान्स

काठमाडौं । उच्च अदालत पाटनका एक न्यायाधीशका व्यक्तिगत सुरक्षा अधिकृत (पीएसओ) ले न्यायाधीशकै निवासभित्र आफैँलाई