सर्वोच्चका प्रस्तावित ४ न्यायाधीशविरुद्ध १३ उजुरी, शुक्रबारदेखि संसदीय सुनुवाइ

काठमाडौँ । सर्वोच्च अदालतका लागि प्रस्तावित चार जना न्यायाधीशविरुद्ध संसदीय सुनुवाइ समितिमा १३ जनाले उजुरी दिएका छन्। प्रस्तावित न्यायाधीशहरू रत्नबहादुर बागचन्द, चन्द्रबहादुर सारू, जनक पाण्डे र गोकर्ण डाँगीविरुद्ध उजुरी परेको हो।

उनीहरूलाई न्याय परिषद्को गत असोज २० गते बसेको बैठकले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेको थियो। उनीहरूविरुद्ध कात्तिक ९ गते उजुरी आह्वान गरिएको थियो। बिहीबारसम्म उजुरी दिने समय तोकिएको थियो।

प्रस्तावित न्यायाधीशविरुद्ध उजुरीकर्ताहरूले संयुक्त तथा छुट्टाछुट्टै रूपमा उजुरी दिएका छन्। रत्नबहादुर बागचन्दका नाममा पाँच, चन्द्रबहादुर सारूका नाममा छ, जनक पाण्डेविरुद्ध १० र गोकर्ण डाँगीविरुद्ध सातवटा उजुरी परेको छ।

संसदीय सुनुवाइ समितिले रत्नबहादुर बागचन्द र चन्द्रबहादुर सारूको सुनुवाइ शुक्रबार तथा जनक पाण्डे र गोकर्ण डाँगीको सुनुवाइ शनिबार गर्ने तयारी गरेको छ।

यसअघि न्यायाधीश नियुक्तिका लागि गरिएको सिफारिसमा वरिष्ठता र समावेशीतालाई बेवास्ता गरिएको भन्दै सर्वोच्च अदालतकी वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्लले नोट अफ डिसेन्ट लेखेकी थिइन्। न्यायाधीश सिफारिस प्रक्रियामाथि समेत प्रश्न उठिरहेका बेला प्रस्तावित चारै जनाविरुद्ध उजुरी परेका हुन्।

काठमाडौँ — नेपालले बलियो प्रतिद्वन्द्वी भारत ‘ए’ विरुद्ध खेल्दै शुक्रबार एसिया कप राइजिङ स्टार्स प्रतियोगिता

काठमाडौँ — फुटबलको सर्वोच्च निकाय फिफाको अध्यक्ष पदमा पुनः निर्वाचित हुन खोजिरहेका जियानी इन्फान्टिनोलाई फ्रान्स

काठमाडौं । उच्च अदालत पाटनका एक न्यायाधीशका व्यक्तिगत सुरक्षा अधिकृत (पीएसओ) ले न्यायाधीशकै निवासभित्र आफैँलाई