दोस्रो स्थानको छलाङमा काठमान्डु गाेर्खाजकाे खुसी

काठमाडौँ — विराटनगर किंग्समाथि प्राप्त ९ विकेटको एकोहोरो जितपछि काठमान्डु गोर्खाज नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो सिजनको दोस्रो स्थानमा उक्लेको छ ।

यसमा काठमान्डुका कप्तान करण केसीले प्रशन्नता देखाएका छन् । यो जितले काठमान्डुको प्लेअफ प्रवेशको समीकरण बलियो भएको छ ।

खेलपछि काठमान्डुका कप्तान करणले भने, ‘यो ठूलो जित रह्यो । सबथोक हाम्रो योजना अनुसार रह्यो । बलिङ, फिल्डिङ र ब्याटिङ सबै राम्रो रह्यो ।’

उनले आफ्ना युवा बलर सन्तोष यादवको प्रशंसा गर्दै थपे, ‘उनी उत्कृष्ट बलर हुन् र उनीबाट धेरै आश गर्न सकिन्छ । ’ खेलका ‘प्लेयर अफ द म्याच’ सन्तोष नै भए । उनले ११ रनमा तीन विकेट लिए ।

सन्तोषले आफ्नो प्रदर्शनलाई लिएर भने, ‘आज म धेरै खुसी छु । म चोटबाट मुक्त भएर खेलमा फर्केको छु र यही खेलमा यो अवार्ड जित्न सकें ।’

हारपछि विराटनगरका कप्तान सन्दीप लामिछानेले हारका लागि कमजोर ब्याटिङलाई दोष दिए । उनले भने, ‘हामीले ठूलो स्कोर खडा गर्न सकेनौं । आजको खेल एकपक्षीय जस्तो रह्यो ।  हाम्रो लागि खराब दिन जस्तै रह्यो । अब हाम्रो ध्यान अन्तिम दुई खेलमा हुनेछ र त्यसमा राम्रो गर्नुपर्नेछ ।’

कान्तिपुर

काठमाडौँ — नेपालले बलियो प्रतिद्वन्द्वी भारत ‘ए’ विरुद्ध खेल्दै शुक्रबार एसिया कप राइजिङ स्टार्स प्रतियोगिता

काठमाडौँ — फुटबलको सर्वोच्च निकाय फिफाको अध्यक्ष पदमा पुनः निर्वाचित हुन खोजिरहेका जियानी इन्फान्टिनोलाई फ्रान्स

काठमाडौं । उच्च अदालत पाटनका एक न्यायाधीशका व्यक्तिगत सुरक्षा अधिकृत (पीएसओ) ले न्यायाधीशकै निवासभित्र आफैँलाई