ममता काफ्ले हत्या प्रकरण : नरेश भट्टद्वारा शव टुक्राटुक्रा पारेर फालेको स्वीकार, तर हत्या अस्वीकार

काठमाडौं । अमेरिकामा श्रीमती ममता काफ्लेको हत्या अभियोगमा मुद्दा खेपिरहेका नेपाली मूलका नरेश भट्टले श्रीमतीको शव टुक्राटुक्रा पारेर फालेको स्वीकार गरेका छन् । तर, उनले श्रीमतीले आत्महत्या गरेको र आफूले केवल शवको मात्र व्यवस्थापन गरेको दाबी गरेका छन् ।

अमेरिकाको भर्जिनियास्थित मनासस पार्कमा दुई वर्षअघि बेपत्ता भएकी ममताको शव अझै फेला पर्न सकेको छैन । बिहीबार अदालतमा बयान दिने क्रममा भट्टले सन् २०२४ जुलाई ३० को बिहान श्रीमतीलाई बेडरुमको भुइँमा मृत अवस्थामा फेला पारेको बताएका छन् ।

उनका अनुसार ममताको शरीर र भुइँमा बान्ता थियो भने नजिकै औषधिका चक्की र विषादीका खुला प्याकेट पनि थिए । उनले ममतालाई करिब ४५ मिनेटदेखि एक घण्टासम्म बचाउने प्रयास गरे पनि सफल नभएको दाबी गरेका छन् ।

प्रहरीलाई खबर नगर्नुको कारण आफू चरम डर र तनावमा परेको भट्टको भनाइ छ । त्यसपछि छोरीलाई बेबीसिटरको जिम्मा लगाएर शव लुकाउने सामग्री खरिद गर्न होम डिपो गएको र घर फर्किएपछि आराले शव टुक्राटुक्रा पारी घरकै फोहोर फाल्ने डस्टबिनमा हालेको उनले बयान दिएका छन्। तर, उनले फोहोरमा फालिएका झोलाहरूमा ममताका व्यक्तिगत सामान मात्र रहेको र शवका अवशेष नरहेको दाबीसमेत गरेका छन् ।

यता, अभियोजन पक्षले भने भट्टको बयानमाथि गम्भीर प्रश्न उठाएको छ। यसअघि प्रहरी र सञ्चारमाध्यमसँग ममता घर छाडेर गएको तथा न्यूयोर्क वा टेक्सास पुगेको हुन सक्ने दाबी गर्दै आएका भट्टले अहिले आएर बयान फेरेको अभियोजन पक्षको भनाइ छ ।

नरेश भट्टमाथि प्रथम श्रेणीको हत्या, मृत शरीरको अपमान तथा शव लुकाएको अभियोग लगाइएको छ। हत्याको अभियोगमा भने उनले आफू निर्दोष रहेको दाबी गर्दै आएका छन् ।

काठमाडौँ — नेपालले बलियो प्रतिद्वन्द्वी भारत ‘ए’ विरुद्ध खेल्दै शुक्रबार एसिया कप राइजिङ स्टार्स प्रतियोगिता

काठमाडौँ — फुटबलको सर्वोच्च निकाय फिफाको अध्यक्ष पदमा पुनः निर्वाचित हुन खोजिरहेका जियानी इन्फान्टिनोलाई फ्रान्स

काठमाडौं । उच्च अदालत पाटनका एक न्यायाधीशका व्यक्तिगत सुरक्षा अधिकृत (पीएसओ) ले न्यायाधीशकै निवासभित्र आफैँलाई