नारायणी कटानबाट बजार जोगाउन तत्काल र दीर्घकालीन योजना बनाउँछौँ : रवि लामिछाने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नारायणी नदीको कटानबाट जोखिममा परेको बजार क्षेत्र जोगाउन तत्काल र दीर्घकालीन योजना बनाएर अघि बढ्ने बताएका छन् ।

नारायणी नदीले कटान गरेको क्षेत्रको निरीक्षणपछि उद्योग वाणिज्य संघ चितवनमा आयोजित सरोकारवालासँगको छलफलमा उनले नागरिकको ज्यान, बजारको अस्तित्व, ऐतिहासिक महत्व र व्यवसायीको सम्पत्ति जोगाउनु पहिलो प्राथमिकता भएको बताए ।

लामिछानेले बजार क्षेत्रको जोखिमबारे जानकारी पाएपछि सम्बन्धित निकायलाई खबर गरी आवश्यक अध्ययनका लागि टोली परिचालन गरिएको जानकारी दिए । तत्काल गर्नुपर्ने काम र दीर्घकालीन समाधानका उपाय समेटेर योजना बनाइने उनको भनाइ थियो ।

प्राविधिक अध्ययनले बजार क्षेत्र स्थानान्तरण गर्नुपर्ने देखाएमा सबै सरोकारवालाको सहमतिमा निर्णय लिनुपर्ने उनले बताए ।

‘जनता जोगाउनका लागि बजेट दोस्रो कुरा हो। जनतालाई कसरी जोगाउन सकिन्छ भन्ने पहिलो प्राथमिकता हो,’ लामिछानेले भने ।

उनले चितवन आफ्नो निर्वाचन क्षेत्र भएकै कारण विशेष प्राथमिकता नदिइने स्पष्ट पार्दै देशभर बाढीपहिरोबाट प्रभावित क्षेत्रको आवश्यकता र क्षतिका आधारमा राज्यले स्रोतसाधन परिचालन गर्नुपर्ने बताए ।

अध्ययनबाट पहिचान भएका योजनाका लागि स्रोत सुनिश्चित गर्न पहल गर्ने प्रतिबद्धता पनि उनले जनाए ।

छलफलमा उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चिरञ्जीवी सुवेदीले नारायणी नदी कटानको समस्या दीर्घकालीन रूपमा समाधान हुने गरी योजना बनाउन आग्रह गरेका थिए ।

काठमाडौँ — नेपालले बलियो प्रतिद्वन्द्वी भारत ‘ए’ विरुद्ध खेल्दै शुक्रबार एसिया कप राइजिङ स्टार्स प्रतियोगिता

काठमाडौँ — फुटबलको सर्वोच्च निकाय फिफाको अध्यक्ष पदमा पुनः निर्वाचित हुन खोजिरहेका जियानी इन्फान्टिनोलाई फ्रान्स

काठमाडौं । उच्च अदालत पाटनका एक न्यायाधीशका व्यक्तिगत सुरक्षा अधिकृत (पीएसओ) ले न्यायाधीशकै निवासभित्र आफैँलाई