छठले प्रकृति र जीवनका हरेक अवस्थालाई सम्मान गर्न सिकाउँछ : प्रधानमन्त्री शाह

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले छठ पर्वले उदाउँदो र अस्ताउँदो दुवै सूर्यलाई समान श्रद्धा र सम्मानका साथ अर्घ्य दिने परम्परामार्फत जीवनका हरेक अवस्था र प्रकृतिप्रति कृतज्ञ हुन सिकाउने बताएका छन् ।छठ पर्वको अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले यस पर्वले प्रकृतिप्रतिको कृतज्ञता र जीवनका हरेक अवस्थालाई सम्मान गर्ने गहिरो दर्शन बोकेको उल्लेख गरेका हुन् ।

उनले भगवान् सूर्यदेव र छठी माताको आराधना गरी मनाइने छठ पर्वले परिवारको सुख, शान्ति, आरोग्य र सन्तानको दीर्घायुको कामना गर्ने परम्परालाई आत्मसात् गरेको बताएका छन् ।चार दिनसम्म विधिपूर्वक मनाइने छठ पर्वको पहिलो दिन नहाय–खाय, दोस्रो दिन खरना, तेस्रो दिन साँझ अस्ताउँदो सूर्य र चौथो दिन बिहान उदाउँदो सूर्यलाई जलाशयको किनारमा अर्घ्य दिने परम्परा रहेको प्रधानमन्त्री शाहले आफ्नो सन्देशमा उल्लेख गरेका छन् ।

सरकार सबै धर्म, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्न प्रतिबद्ध रहेको बताउँदै उनले छठ पर्वले सबैमा सकारात्मक ऊर्जा भर्ने विश्वास व्यक्त गरेका छन् । साथै, देशमा सुशासन, सामाजिक न्याय र समृद्धिको संकल्प पूरा गर्न पर्वले प्रेरणा प्रदान गर्ने अपेक्षा गरेका छन् ।

प्रधानमन्त्री शाहले भगवान् सूर्यदेव र छठी माताको कृपा सबैमा रहिरहोस् भन्दै स्वदेश तथा विदेशमा रहेका नेपालीलाई छठको शुभकामना दिएका छन् ।उनले नेपाली भाषासँगै मैथिली भाषामा पनि शुभकामना व्यक्त गरेका छन् । मैथिलीमा उनले-‘छैठके बहुत रास शुभकामना! दीनानाथ आ छैठ परमेश्वरी सब के जीवन में सुख, शान्ति आ समृद्धि लइथिन’भन्दै सबैको जीवनमा सुख, शान्ति र समृद्धिको कामना गरेका छन् ।

काठमाडौँ — नेपालले बलियो प्रतिद्वन्द्वी भारत ‘ए’ विरुद्ध खेल्दै शुक्रबार एसिया कप राइजिङ स्टार्स प्रतियोगिता

काठमाडौँ — फुटबलको सर्वोच्च निकाय फिफाको अध्यक्ष पदमा पुनः निर्वाचित हुन खोजिरहेका जियानी इन्फान्टिनोलाई फ्रान्स

काठमाडौं । उच्च अदालत पाटनका एक न्यायाधीशका व्यक्तिगत सुरक्षा अधिकृत (पीएसओ) ले न्यायाधीशकै निवासभित्र आफैँलाई