एनपीएलमा आज दुई खेल : प्लेअफ समीकरणसँगै स्थान निर्धारणको प्रतिस्पर्धा

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आज दुई खेल हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने दुवै खेलले अंक तालिकाको समीकरण थप स्पष्ट पार्नेछ ।आजको पहिलो खेलमा दिउँसो साढे १२ बजे चितवन राइनोज र कर्णाली याक्स आमनेसामने हुनेछन् । अंक तालिकामा चौथो स्थानमा रहेको चितवनले यसअघि नै प्लेअफमा आफ्नो स्थान सुरक्षित गरिसकेको छ । सातौं स्थानमा रहेको कर्णाली भने प्रतियोगिताबाट बाहिरिने अवस्थामा छ ।

त्यस्तै, आजै दिउँसो साढे ४ बजे हुने दोस्रो खेलमा काठमाडौं गोर्खाज र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुनेछ । काठमाडौं पनि प्लेअफमा पुगिसकेको छ । टोली हाल अंक तालिकाको तेस्रो स्थानमा छ । पोखरा भने अंक तालिकाको अन्तिम स्थानमा रहेको छ ।लिग चरणका खेल अन्तिम चरणमा पुग्दै गर्दा आजका दुवै खेलले टोलीहरूको अंक र वरीयता निर्धारणमा महत्त्वपूर्ण भूमिका खेल्नेछन् । विशेषगरी शीर्ष स्थानदेखि प्लेअफमा टोलीहरूको स्थानसम्मको समीकरण आजका नतिजापछि थप स्पष्ट हुनेछ ।

काठमाडौँ — नेपालले बलियो प्रतिद्वन्द्वी भारत ‘ए’ विरुद्ध खेल्दै शुक्रबार एसिया कप राइजिङ स्टार्स प्रतियोगिता

काठमाडौँ — फुटबलको सर्वोच्च निकाय फिफाको अध्यक्ष पदमा पुनः निर्वाचित हुन खोजिरहेका जियानी इन्फान्टिनोलाई फ्रान्स

काठमाडौं । उच्च अदालत पाटनका एक न्यायाधीशका व्यक्तिगत सुरक्षा अधिकृत (पीएसओ) ले न्यायाधीशकै निवासभित्र आफैँलाई