काठमाडौं । कार्तिक महिनामा सुनचाँदीको मूल्यमा उल्लेख्य उतारचढाव देखिएको छ। महिनाको सुरुवातमा उच्च मूल्यमा कारोबार भएको सुन र चाँदीको भाउ महिनाको अन्त्यसम्म आइपुग्दा घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन र चाँदीको मूल्यमा वृद्धि र गिरावट दुवै देखिए पनि अन्तिम दिनसम्म आइपुग्दा दुवै बहुमूल्य धातुको मूल्य घटेको छ।
कार्तिक महिनामा सुनको मूल्यमा उतारचढाव
कार्तिक १ गते नेपाली बजारमा सुनको मूल्य प्रतितोला २ लाख ८९ हजार ७०० रुपैयाँ कायम भएको थियो। २ गते सुनको मूल्य बढेर २ लाख ९० हजार २०० रुपैयाँ पुगेको थियो। यो कार्तिक महिनाको सबैभन्दा उच्च सुनको मूल्य हो।
त्यसपछि सुनको मूल्यमा क्रमशः गिरावट देखिन थाल्यो। कार्तिक ८ गते सुन प्रतितोला २ लाख ७८ हजार ५०० रुपैयाँमा झरेको थियो। ९ गते भने केही सुधार हुँदै २ लाख ८१ हजार ५०० रुपैयाँ पुगेको थियो।
१० गते सुनको मूल्य २ लाख ८२ हजार ३०० रुपैयाँ, ११ गते २ लाख ८३ हजार २०० रुपैयाँ र १२ गते २ लाख ८३ हजार ५०० रुपैयाँ कायम भयो। तर १३ गते पुनः घटेर प्रतितोला २ लाख ८० हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।
महिनाको मध्यतिर सुनको मूल्यमा थप गिरावट देखियो। १५ गते सुनको मूल्य प्रतितोला २ लाख ७२ हजार रुपैयाँमा झरेको थियो। १६ गते केही बढेर २ लाख ७४ हजार ३०० रुपैयाँ र कार्तिक १७ गते २ लाख ७५ हजार रुपैयाँ पुगेको थियो।
१८ गते सुनको मूल्य २ लाख ७५ हजार ६०० रुपैयाँ कायम हुँदा १९ गते भने एकाएक बढेर २ लाख ८८ हजार ९०० रुपैयाँ पुगेको थियो। तर यो वृद्धि लामो समय टिक्न सकेन। २० र २२ गते सुनको मूल्य प्रतितोला २ लाख ८३ हजार रुपैयाँमा कायम भयो भने २३ गते बढेर २ लाख ८४ हजार ३०० रुपैयाँ पुगेको थियो।
महिनाको अन्तिम सातामा भने सुनको मूल्य पुनः ओरालो लाग्यो। २७ गते प्रतितोला २ लाख ७१ हजार ७०० रुपैयाँमा झरेको सुन कार्तिक २९ गते २ लाख ७० हजार २०० रुपैयाँमा कारोबार भयो। कार्तिक ३० गतेसम्म आइपुग्दा सुनको मूल्य घटेर प्रतितोला २ लाख ६९ हजार १०० रुपैयाँ कायम भएको थियो।
चाँदीको मूल्यमा पनि निरन्तर उतारचढाव
सुनसँगै कार्तिक महिनामा चाँदीको मूल्यमा पनि उल्लेख्य परिवर्तन देखिएको छ। १ गते चाँदी प्रतितोला ४ हजार १०० रुपैयाँमा कारोबार भएको थियो। २ गते यसको मूल्य बढेर ४ हजार १८५ रुपैयाँ पुगेको थियो। यो कार्तिक महिनाको सबैभन्दा उच्च चाँदीको मूल्य हो।
८ गते चाँदीको मूल्य घटेर ३ हजार ९५५ रुपैयाँमा झरेको थियो। ९ गते ३ हजार ९९५ रुपैयाँ पुगेको चाँदी १० गते ३ हजार ९७० रुपैयाँमा कारोबार भयो। ११ गते चाँदीको मूल्य ३ हजार ९८० रुपैयाँ र १२ गते ३ हजार ९३० रुपैयाँ कायम भएको थियो। १३ गते थप घटेर प्रतितोला ३ हजार ८२५ रुपैयाँ पुगेको थियो।
१५ गते चाँदीको मूल्यमा थप गिरावट आउँदै ३ हजार ६५० रुपैयाँ कायम भयो। १६ गते केही सुधार भएर ३ हजार ७२० रुपैयाँ पुगे पनि १७ गते पुनः घटेर ३ हजार ६७५ रुपैयाँमा झर्यो।
१८ गते चाँदी प्रतितोला ३ हजार ६५५ रुपैयाँमा कारोबार भएको थियो। १९ गते भने बढेर ३ हजार ९२० रुपैयाँ पुगेको थियो। त्यसपछि २० र २२ गते चाँदीको मूल्य प्रतितोला ३ हजार ८१० रुपैयाँ कायम भयो। २३ गते केही बढेर ३ हजार ८५५ रुपैयाँ पुगेको थियो।
महिनाको अन्त्यतिर चाँदीको मूल्यमा पुनः गिरावट देखियो। २७ गते प्रतितोला ३ हजार ७०० रुपैयाँ, २९ गते ३ हजार ६०० रुपैयाँ र ३० गते घटेर ३ हजार ५२० रुपैयाँ कायम भएको थियो।
कार्तिक १ गते र ३० गतेको मूल्य तुलना गर्दा सुन तथा चाँदी दुवैको मूल्यमा गिरावट आएको देखिन्छ। महिनाको पहिलो दिन तोलाको २ लाख ८९ हजार ७०० सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य अन्तिम दिन आइपुग्दा तोलामा २० हजार ६०० रुपैयाँ घटेर आज (सोमबार) तोलाको २ लाख ६९ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै १ गते तोलाको ४ हजार १०० रुपैयाँमा कारोबार भएको चाँदी अन्तिम दिन आज ५८० रुपैयाँ घटेर ३ हजार ५२० रुपैयाँमा झरेको छ ।
अन्तर्राष्ट्रिय बजारमा भाउमा आउने उतारचढावको प्रभाव नै नेपाली बजारमा पर्ने गरेको व्यवसायी बताउँछन् ।


