मेचीदेखि महाकालीसम्म पदयात्रा गर्दै सांसद अमरेशकुमार सिंह

सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले मेची-महाकाली पदयात्रा सुरू गर्ने भएका छन्।जनताको समस्या र गुनासा सुन्न दुई महिने मेची–महाकाली पदयात्रा गर्न उनी सोमबार मेची प्रस्थान गरेका छन्।

जात, धर्म, वर्ग र भूगोलका नाममा हुने विभाजन अन्त्य गर्दै राष्ट्रिय एकता मजबुत बनाउने तथा जनताको वास्तविक समस्या बुझ्ने उद्देश्यले पदयात्रा गर्न लागेको उनले बताए।जनकपुरधाममा आज आयोजित कार्यक्रममा सिंहले मंगलबार बिहान मेचीको किनारबाट पदयात्रा सुरू गरिने बताए। उनलाई सभापति रवि लामिछानेले शुभकामना दिँदै जनकपुरबाट बिदाइ गरेका छन्।

पदयात्रा माघ १ गते महाकाली किनारमा पुगेर समापन हुनेछ।

काठमाडौँ — नेपालले बलियो प्रतिद्वन्द्वी भारत ‘ए’ विरुद्ध खेल्दै शुक्रबार एसिया कप राइजिङ स्टार्स प्रतियोगिता

काठमाडौँ — फुटबलको सर्वोच्च निकाय फिफाको अध्यक्ष पदमा पुनः निर्वाचित हुन खोजिरहेका जियानी इन्फान्टिनोलाई फ्रान्स

काठमाडौं । उच्च अदालत पाटनका एक न्यायाधीशका व्यक्तिगत सुरक्षा अधिकृत (पीएसओ) ले न्यायाधीशकै निवासभित्र आफैँलाई