प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) सँग भारत भ्रमणमा जानाे मन्त्रीको संख्या घटेको छ ।
यही ६ र ७ मंसिरमा हुने प्रधानमन्त्री शाहको भारत भ्रमणमा सुरुमा चार जना मन्त्री सहभागी हुने तय भएकोमा दुई जनाको नाम काटिएको हो ।
सुरुमा प्रधानमन्त्री शाहसँग अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, पूर्वाधार विकासमन्त्री सुनील लम्साल र पर्यटनमन्त्री खडकराज पौडेल (गनेस) भारत जाने चर्चा गरिएको थियो । तर, अब अर्थमन्त्री वाग्ले र
परराष्ट्रमन्त्री खनाल मात्रै भ्रमणमा सहभागी हुन तय भएको स्रोतले जनाएको छ ।


