विष्णु पौडेलसँग आर्थिक कारोबार देखिएका व्यवसायी शशी शर्मा पक्राउ

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बुटवलका व्यवसायी शशी शर्मा पौडेललाई पक्राउ गरेको छ। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्रका आधारमा उनलाई मंगलबार पक्राउ गरिएको सीआईबीले जनाएको छ।

सीआईबीका अनुसार पौडेलमाथि प्रभु बैंकबाट रिसोर्ट निर्माणका लागि लिएको कर्जा तोकिएको प्रयोजनभन्दा फरक क्षेत्रमा प्रयोग गरेको आरोपमा अनुसन्धान भइरहेको छ। बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ तथा त्यससँग सम्बन्धित आर्थिक कारोबारका विषयमा अनुसन्धान अघि बढाइएको जनाइएको छ।

अनुसन्धानमा संलग्न स्रोतका अनुसार शशी शर्मा पौडेल र पूर्वअर्थमन्त्री तथा नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलबीच आर्थिक कारोबार देखिएकाले त्यसको पनि अनुसन्धान भइरहेको छ। सोही आधारमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सम्बन्धित आर्थिक कारोबार र व्यक्तिहरूलाई अनुसन्धानको दायरामा ल्याएको स्रोतको दाबी छ।

को हुन् शशी शर्मा पौडेल ?

शशी शर्मा पौडेल रुपन्देहीको बुटवल–तिलोत्तमा क्षेत्रका परिचित व्यवसायी हुन्। उनी पर्यटनसहित विभिन्न व्यावसायिक क्षेत्रमा सक्रिय छन्। उनी एशियन भिलेज रिसोर्टका सञ्चालकसमेत हुन्।

अनुसन्धानअनुसार उनले रिसोर्ट निर्माण तथा जग्गा खरिदका लागि प्रभु बैंकबाट करिब ४८ करोड रुपैयाँ कर्जा लिएका थिए।

नेपाल राष्ट्र बैंकको बैंक सुपरिवेक्षण विभागले असार महिनामा तयार गरेको विशेष स्थलगत निरीक्षण प्रतिवेदनका आधारमा सीआईबीले कर्जा दुरुपयोगको अनुसन्धान अघि बढाएको हो।

प्रतिवेदनअनुसार कम्पनीले बैंकको नाममा जग्गा दृष्टिबन्धक नगरी पछि गर्ने कबुलियतनामाका आधारमा कर्जा निकासा गराएको थियो। त्यसपछि उक्त रकम कम्पनीका अध्यक्षसँग पारिवारिक सम्बन्ध भएका व्यक्ति तथा आफ्नै समूहका अन्य ऋणी कम्पनीहरूको बक्यौता भुक्तानी गर्न प्रयोग गरिएको आशंका गरिएको छ।

यसैबीच, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पूर्वअर्थमन्त्री विष्णु पौडेलमाथि यसअघि नै अनुसन्धान अघि बढाइसकेको छ। सोही अनुसन्धानका क्रममा देखिएका आर्थिक कारोबार र सम्बन्धित व्यक्तिहरूमाथि पनि अनुसन्धान विस्तार गरिएको स्रोतले जनाएको छ।

विभागको अनुसन्धानकै क्रममा रहेका विष्णु पौडेललाई अदालतले थुनामा राखेर अनुसन्धान गर्न पाँचौँ पटक तीन दिनको म्याद थप गरिसकेको छ।

काठमाडौँ — नेपालले बलियो प्रतिद्वन्द्वी भारत ‘ए’ विरुद्ध खेल्दै शुक्रबार एसिया कप राइजिङ स्टार्स प्रतियोगिता

काठमाडौँ — फुटबलको सर्वोच्च निकाय फिफाको अध्यक्ष पदमा पुनः निर्वाचित हुन खोजिरहेका जियानी इन्फान्टिनोलाई फ्रान्स

काठमाडौं । उच्च अदालत पाटनका एक न्यायाधीशका व्यक्तिगत सुरक्षा अधिकृत (पीएसओ) ले न्यायाधीशकै निवासभित्र आफैँलाई