कुलेश्वरमा गोली चल्यो, दुई जना पक्राउ

कुलेश्वरमा गोली चलाएर प्रहरीले लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा एक नेपाली र एक भारतीय नागरिक छन् ।

लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले कुलेश्वरको पुल नजिक गोली हानेर उनीहरुलाई पक्राउ गरेको जनाएको छ । लागुऔषध कारोबारीलाई पक्राउ गर्न दुई राउण्ड गोली चलाइएको प्रहरीले जनाएको छ ।

उनीहरुबाट औषधीजन्य लागुऔषध ठूलो मात्रामा बरामद गरिएको छ । गोली प्रहारबाट भारतीय नागरिक घाइते भएका छन् । उनको देब्रे खुट्टामा गोली लागेको छ ।

Submit a Comment

Your email address will not be published. Required fields are marked *

काठमाडौं । निर्देशक सौरभ चौधरीले नयाँ चलचित्र ‘द राइज अफ साम्राज्य’का लागि अभिनेता दयाहाङ राईलाई

अवैध रुपमा टाटा गाडीका  नक्कली पार्ट पूर्जा तथा लुब्रिकेन्टस आयात गरि विक्रि वितरण गरि उपभोक्ता

विराटनगर। कोशी प्रदेशमा नयाँ सरकार गठनका सम्बन्धमा एमाले अध्यक्ष केपी शर्मा ओली र प्रदेशका मुख्यमन्त्री