दोलखाको सिप्रिङ खोलामा बाढी : एकजना बेपत्ता, जलविद्युत् केन्द्रमा कार्यरत ४ कर्मचारी उद्धारको पर्खाइमा

काठमाडौ । दोलखाको गौरीशंकर गाउँपालिका–९ स्थित सिप्रिङ खोलामा मङ्गलवार राति आएको बाढीका कारण एक वृद्ध बेपत्ता भएका छन् भने चार जना जोखिमपूर्ण अवस्थामा फसेका छन् ।

गौरीशंकर गाउँपालिका–९ का वडाध्यक्ष ङिमगेली शेर्पाका अनुसार बाढीले स्थानीय ७३ वर्षीय चसमान तामाङलाई गाईबाख्राको गोठसहित बगाएको छ । बाढीका कारण सिप्रिङ खोला जलविद्युत् केन्द्रमा कार्यरत कर्मचारीहरू सुकदेव श्रेष्ठ, सूर्यबहादुर तामाङ, कल्याण विक र विनोद श्रेष्ठ भीरको खुड्किलोमा अड्किएर फसेका छन् । उनीहरू रहेको स्थान असुरक्षित रहेको र खोलामा लगातार बाढी आइरहेकाले उद्धार कार्य निकै चुनौतीपूर्ण बनेको छ ।

जिल्ला प्रहरी कार्यालय दोलखाका अनुसार सिंगटी र रोल्वालिङबाट प्रहरी टोली घटनास्थलतर्फ खटिएको छ । दुर्गम भूगोलका कारण पैदलै पुग्नुपर्ने भएकाले घटनास्थलमा पुग्न केही समय लाग्ने प्रहरीले जनाएको छ।

बाढीले सिप्रिङ खोला जलविद्युत् आयोजनाको ड्याम क्षेत्रमा समेत क्षति पुर्‍याउनुका साथै खोलाको दुवैतर्फ तीव्र जमिन कटान गरेको छ । हाल बेपत्ता वृद्धको खोजी र भीरमा फसेका चार जनाको उद्धारका लागि स्थानीय र प्रहरी टोली प्रयासरत छन् ।

काठमाडौँ — नेपालले बलियो प्रतिद्वन्द्वी भारत ‘ए’ विरुद्ध खेल्दै शुक्रबार एसिया कप राइजिङ स्टार्स प्रतियोगिता

काठमाडौँ — फुटबलको सर्वोच्च निकाय फिफाको अध्यक्ष पदमा पुनः निर्वाचित हुन खोजिरहेका जियानी इन्फान्टिनोलाई फ्रान्स

काठमाडौं । उच्च अदालत पाटनका एक न्यायाधीशका व्यक्तिगत सुरक्षा अधिकृत (पीएसओ) ले न्यायाधीशकै निवासभित्र आफैँलाई