नर्भिक अस्पतालमा नसाबाट उत्पन्न दुर्लभ ट्युमरको सफल शल्यक्रिया

काठमाडौँ । नर्भिक इन्टरनेशनल अस्पतालमा मस्तिष्कको धमनीको वरपरका नसाबाट उत्पन्न भएको दुर्लभ ट्युमर भएकी एक वृद्धा महिलाको शल्यक्रिया विधिबाट सफल उपचार गरिएको छ ।

नर्भिक अस्पतालका न्युरोसर्जन डा. पावनबहादुर भण्डारीको नेतृत्वमा चिकित्सकहरूले ७१ वर्षीया वृद्धा महिलाको मस्तिष्कको धमनी वरपर रहेका नसाहरूबाट उत्पन्न भएको दुर्लभ ट्युमरको सफल शल्यक्रिया गरेका हुन् ।

डा. भण्डारीका अनुसार बिरामीको घाँटीको बायाँ भागमा ठुलो सुन्निएको डल्लो (ट्युमर) थियो ।

शल्यक्रियामा डा.भण्डारीसँगै डा.पुरुषोत्तम बानियाँ र डा.समीर अर्याल संलग्न रहेका  । यस्तै एनेस्थेसियामा डा. सुरेश लामिछाने लगायतको चिकित्सकीय टोली सहभागी रहेका थिए ।

चिकित्सकहरूले असार २५ गते ७ घण्टा लामो शल्यक्रिया विधिबाट बिरामीको ट्युमर निकालेका हुन् । ‘बिरामीको बायाँ घाँटीमा वर्षौँदेखिको ट्युमर बढ्दै–बढ्दै गएको अवस्था थियो,’ डा.भण्डारीले भने, ‘उहाँको ट्युमर निकालेर सफल उपचार गरेका छौँ ।’

उक्त ट्युमरकै कारण बिरामीमा श्वासप्रश्वासको समस्या, अचेत हुने, शरीरको कुनै भाग बेलाबेलामा झम्झमाइरहने र टाउको हल्लाउँदा चक्कर लाग्ने लगायतका समस्या बढ्दै गएका थिए ।

बिरामीका आफन्तका अनुसार ती महिलामा २१ वर्षअघि घाँटीमा सानो मासुको डल्लो देखिएको थियो । अन्य अस्पतालमा यसअघि नै दुई पटक सर्जरी गर्ने तय गरिए पनि विभिन्न कारणले उपचार गरिएको थिएन ।

डा. भण्डारीका अनुसार बिरामीको घाँटीमा बायाँतर्फको भर्टिब्रल आर्टरी धमनीबाट उत्पन्न अत्यधिक भास्कुलर ट्युमर देखिएको थियो । यो मस्तिष्कको धमनी वरिपरि रहेका नसाहरूबाट उत्पन्न हुने एकदमै दुर्लभ ट्युमर हो । ट्युमरको उत्पत्ति, स्थान र ट्युमरको वरपरका संरचनाहरूका कारण यस्तो ट्युमरको सर्जरी प्रक्रिया जटिल मानिन्छ ।

नर्भिकमा उपलब्ध उच्चस्तरीय अप्रेसन थियटर, आईसीयू लगायत उपचार प्रविधि र विशेषज्ञ चिकित्सकको टोलीको विज्ञताका कारण ती महिलाको उपचार सम्भव भएको अस्पतालले जनाएको छ ।

Submit a Comment

Your email address will not be published. Required fields are marked *

काठमाडौं — स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएका दुर्व्यवहार र आक्रमणका घटनाहरूप्रति गम्भीर ध्यानाकर्षण

काठमाडौँ । आन्तरिक हवाई सेवामा अग्रणी कम्पनी बुद्ध एयरले कम भिजिबिलिटीमा पनि उडान भर्न सक्ने आधुनिक

काठमाडौं — दाङको घोराही उपमहानगरपालिकाका विभिन्न स्थानबाट प्रहरीले लागूऔषध ब्राउनसुगर र नगदसहित तीन जनालाई पक्राउ गरेको