काठमाडौंको चोभारस्थित बागमती नदीमा पौडी खेल्ने क्रममा एक जना बेपत्ता भएका छन् । बिहीबार बिहान पौडी खेल्न नदीमा पसेका एक जना पुरुष बेपत्ता भएको प्रहरीले जनाएको छ ।
प्रत्यक्षदर्शीका अनुसार बेपत्ता भएका व्यक्ति पर्यटक गाइडका रूपमा कार्यरत थिए । उनी विदेशी नागरिकसहित चोभारस्थित जलविनायक मन्दिर परिसर घुम्न आएका बेला बागमती नदीमा पौडी खेल्न पसेका थिए । पौडी खेल्ने क्रममा नदीको बहावमा परेपछि उनी बेपत्ता भएका हुन् ।
घटनालगत्तै उद्धार तथा खोजी कार्य सुरु गरिएको छ । बेपत्ता व्यक्तिको अवस्था खुलेको छैन । घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।


