२५ अर्बको लगानीमा बनेको नेपालको पहिलो नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनमा, कुन सवारीले पाउँछन् प्रवेश ?

काठमाडौं । नेपालको पहिलो सडक सुरुङमार्ग नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग औपचारिक रूपमा सञ्चालनमा आएको छ। पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले जापानका राजदूत मायदा तोरु र जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)का अध्यक्ष डा. तानाका अकिहिकोको उपस्थितिमा सुरुङमार्ग उद्घाटन गरेका हुन्।

आयोजनाका उपनिर्देशक सञ्जय पन्थीका अनुसार सुरुङमार्ग प्रारम्भिक तीन महिनासम्म परीक्षण अवधिका रूपमा सञ्चालन गरिनेछ। यस अवधिमा एम्बुलेन्स, दमकल, सुरक्षा निकाय तथा अन्य अत्यावश्यक सेवाका सवारीसाधनलाई मात्रै आवतजावतको अनुमति हुनेछ। परीक्षण अवधिभर कुनै शुल्क नलाग्ने जनाइएको छ।

सडक विभागका अनुसार नियमित सञ्चालनपछि सवारीसाधनको प्रकारअनुसार शुल्क लाग्नेछ। कार तथा भ्यानले काठमाडौं प्रवेश गर्दा रु. ६५ र बाहिरिँदा रु. ६० तिर्नुपर्नेछ। मिनीबस, ट्रक र टिपरका लागि प्रवेश शुल्क रु. ११५ तथा बाहिरिने शुल्क रु. ८० तोकिएको छ। बस तथा ठूला ट्रकले काठमाडौं प्रवेश गर्दा रु. २६० र बाहिरिँदा रु. २०० तिर्नुपर्नेछ।

यद्यपि, पैदलयात्री, मोटरसाइकल, स्कुटर, तीनपाङ्ग्रे सवारीसाधन तथा ज्वलनशील वा विस्फोटक पदार्थ बोकेका सवारीसाधनलाई सुरुङमार्ग प्रयोग गर्न अनुमति दिइने छैन।

करिब ८० महिनापछि सम्पन्न भएको यो आयोजना जापान सरकारको सहुलियतपूर्ण ऋण र नेपाल सरकारको लगानीसहित करिब रु. २५ अर्ब लागतमा निर्माण गरिएको हो। कोभिड–१९ महामारी, जग्गा अधिग्रहण र अन्य प्राविधिक जटिलताका कारण आयोजना निर्धारित समयभन्दा ढिलो सम्पन्न भएको थियो।

काठमाडौंको चन्द्रागिरि नगरपालिका–१ दहचोक टोटीपाखाबाट सुरु भई धादिङको धुनिबेँसी नगरपालिका–स्थित सिस्नेखोलासम्म जोडिएको सुरुङमार्ग सञ्चालनमा आएपछि नागढुङ्गा सडकखण्डको जाम, उकालो र घुमाउरो बाटोको समस्या कम हुने तथा यात्राको समय करिब एक घण्टासम्म बचत हुने अपेक्षा गरिएको छ।

Submit a Comment

Your email address will not be published. Required fields are marked *

टोकियो, २९ जुलाई — जापानको दक्षिणी क्युसु टापुस्थित कुमामोतो प्रान्तमा मंगलबार आएको शक्तिशाली भूकम्पले ठूलो

काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले  गत आर्थिक वर्षमा विभिन्न समस्याग्रस्त सहकारीका करिब ११ हजार

काठमाडौँ । फिफा विश्वकप-२०२६ को नेपालमा भएको प्रत्यक्ष प्रसारणका क्रममा उपभोक्ताबाट कानुनविपरीत अतिरिक्त शुल्क असुल गरिएको,