दाङको घोराहीबाट नगदसहित ब्राउनसुगर कारोबारमा संलग्न तीन जना पक्राउ

काठमाडौं — दाङको घोराही उपमहानगरपालिकाका विभिन्न स्थानबाट प्रहरीले लागूऔषध ब्राउनसुगर र नगदसहित तीन जनालाई पक्राउ गरेको छ।

वडा प्रहरी कार्यालय घोराहीबाट खटिएको प्रहरी टोलीले आइतबार राति घोराही–१५ न्युरोडबाट १२० मिलिग्राम ब्राउनसुगर जस्तो देखिने पदार्थ र १६ हजार रूपैयाँ नगदसहित घोराही–४ का २८ वर्षीय सुदिप चौधरी र घोराही–१३ की २० वर्षीया देवीका श्रेष्ठलाई नियन्त्रणमा लिएको हो।

उनीहरूमाथि गरिएको थप अनुसन्धानका क्रममा उक्त लागूऔषध घोराही–१८ ढोडेनी बस्ने ४० वर्षीय महेन्द्र चौधरीसँग खरिद गरेको खुल्न आएको थियो। सो आधारमा प्रहरीले महेन्द्रको घरमा छापा मार्दा थप ७७० मिलिग्राम ब्राउनसुगर जस्तो देखिने पदार्थ, १ थान डिजिटल तराजु र नगद ५ लाख ६८ हजार १७० रूपैयाँ बरामद गरी उनलाई पनि पक्राउ गरेको छ।

पक्राउ परेका तीनै जनामाथि लागूऔषध नियन्त्रण ऐन बमोजिम थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

“लागूऔषध ओसारपसार तथा बिक्रीवितरणविरुद्ध प्रहरीले आक्रामक अपरेसन सञ्चालन गरिरहेको छ। यस घटनामा संलग्न सम्पूर्ण सञ्जालमाथि थप अनुसन्धान जारी छ,” प्रहरीले जनाएको छ।

Submit a Comment

Your email address will not be published. Required fields are marked *

टोकियो, २९ जुलाई — जापानको दक्षिणी क्युसु टापुस्थित कुमामोतो प्रान्तमा मंगलबार आएको शक्तिशाली भूकम्पले ठूलो

काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले  गत आर्थिक वर्षमा विभिन्न समस्याग्रस्त सहकारीका करिब ११ हजार

काठमाडौँ । फिफा विश्वकप-२०२६ को नेपालमा भएको प्रत्यक्ष प्रसारणका क्रममा उपभोक्ताबाट कानुनविपरीत अतिरिक्त शुल्क असुल गरिएको,