चिकित्सकमाथिका घटनापछि स्वास्थ्य सेवा अवरुद्ध नगर्न स्वास्थ्य मन्त्रालयको कडा निर्देशन: दोषीलाई कारबाहीको प्रक्रिया जारी

काठमाडौं — स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएका दुर्व्यवहार र आक्रमणका घटनाहरूप्रति गम्भीर ध्यानाकर्षण गराउँदै कुनै पनि बहानामा स्वास्थ्य सेवा अवरुद्ध नगर्न देशभरका सम्पूर्ण अस्पताल तथा स्वास्थ्य संस्थाहरूलाई निर्देशन दिएको छ।

मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीद्वारा मंगलबार जारी विज्ञप्तिमा पछिल्ला दिनहरूमा स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थामाथि भएका कुटपिट तथा आक्रमणमा संलग्न व्यक्तिहरूको पहिचान गरी कानुनी कारबाहीका लागि सम्बन्धित निकायहरूले प्रक्रिया अघि बढाइसकेको जनाइएको छ।

वीरगञ्जस्थित नारायणी अस्पतालमा आक्रमणमा परी घाइते हुनुभएका डा. प्रमोद रामलाई थप उपचारका लागि काठमाडौंस्थित ट्रमा सेन्टर ल्याइसकिएको छ। स्वास्थ्यमन्त्री निशा मेहताले आफैं अस्पताल पुगेर घाइते डा. रामको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुका साथै दोषीमाथि कडा कानुनी कारबाही गर्न सुरक्षा निकायलाई निर्देशन दिनुभएको छ।

स्वास्थ्य सेवा अत्यावश्यक, जीवनरक्षक र संवेदनशील सेवा भएकाले नागरिकको उपचार पाउने अधिकारमा कुनै पनि किसिमको अवरोध आउन नहुने मन्त्रालयको ठहर छ।

“स्वास्थ्यकर्मीहरूले सुरक्षित र सम्मानजनक वातावरणमा सेवा दिन पाउनु उनीहरूको अधिकार हो। तर, स्वास्थ्य सेवा नागरिकको जीवनसँग प्रत्यक्ष जोडिएको हुनाले कुनै पनि परिस्थितिमा उपचार सेवा अवरुद्ध नगरी निरन्तर प्रवाह गर्न सबै अस्पतालहरूलाई अपिल गर्दछौँ,” स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले बताउनुभयो।

Submit a Comment

Your email address will not be published. Required fields are marked *

टोकियो, २९ जुलाई — जापानको दक्षिणी क्युसु टापुस्थित कुमामोतो प्रान्तमा मंगलबार आएको शक्तिशाली भूकम्पले ठूलो

काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले  गत आर्थिक वर्षमा विभिन्न समस्याग्रस्त सहकारीका करिब ११ हजार

काठमाडौँ । फिफा विश्वकप-२०२६ को नेपालमा भएको प्रत्यक्ष प्रसारणका क्रममा उपभोक्ताबाट कानुनविपरीत अतिरिक्त शुल्क असुल गरिएको,