एनआईसी एशिया बैंकले सुरु गर्‍यो नेपालपे कार्डमार्फत भुक्तानी प्राप्ति सेवा

एनआईसी एशिया बैंकले आफ्नो डिजिटल बैंकिङ सेवा थप विस्तार गर्दै नेपालपे कार्डमार्फत भुक्तानी प्राप्त गर्ने सेवा सुरु गरेको छ । यससँगै बैंकका ग्राहकले नेपालपे कार्ड प्रयोग गरी सहज रूपमा भुक्तानी गर्न सक्ने भएका छन् ।

बैंकका अनुसार अब डिस्कभर नेटवर्कअन्तर्गतका रुपे कार्डसहित अन्य अन्तर्राष्ट्रिय कार्डहरू पनि बैंकका एटीएम तथा पीओएस टर्मिनलमा प्रयोग गर्न सकिनेछ ।

नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल)द्वारा सञ्चालनमा रहेको नेपालपे कार्ड राष्ट्रिय भुक्तानी प्रणाली नेसनल पेमेन्ट स्वीचअन्तर्गतको राष्ट्रिय कार्ड योजना हो । यो कार्ड नेपालभित्र नेसनल पेमेन्ट स्विचमार्फत र विदेशमा डिस्कभर नेटवर्कमार्फत प्रयोग गर्न सकिने व्यवस्था रहेको छ ।

नेसनल पेमेन्ट स्वीचअन्तर्गत नेपालपे कार्ड सञ्चालनमा आएसँगै बैंक तथा वित्तीय संस्था, भुक्तानी सेवा प्रदायक र भुक्तानी प्रणाली सञ्चालकले जारी गरेका नेपालपे कार्ड नेपाल तथा विदेशमा रहेका एटीएम र पीओएस टर्मिनलमा प्रयोग गर्न सकिने भएका छन् । साथै, अन्तर्राष्ट्रिय डिस्कभर कार्ड तथा डिस्कभर पार्टनर कार्डहरू पनि नेपालमा प्रयोग गर्न सकिने व्यवस्था भएको बैंकले जनाएको छ ।

बैंकका अनुसार यस पहलले हाल ३६ भन्दा बढी बैंक तथा वित्तीय संस्था आबद्ध रहेको राष्ट्रिय कार्ड प्रणालीको प्रवर्द्धन गर्नुका साथै नेपालमा डिजिटल भुक्तानी र डिजिटल रूपान्तरणलाई थप गति दिने विश्वास लिइएको छ।

काठमाडौँ — नेपालले बलियो प्रतिद्वन्द्वी भारत ‘ए’ विरुद्ध खेल्दै शुक्रबार एसिया कप राइजिङ स्टार्स प्रतियोगिता

काठमाडौँ — फुटबलको सर्वोच्च निकाय फिफाको अध्यक्ष पदमा पुनः निर्वाचित हुन खोजिरहेका जियानी इन्फान्टिनोलाई फ्रान्स

काठमाडौं । उच्च अदालत पाटनका एक न्यायाधीशका व्यक्तिगत सुरक्षा अधिकृत (पीएसओ) ले न्यायाधीशकै निवासभित्र आफैँलाई