भेगाको एमफास्ट एल ट्याब्लेट गुणस्तरहीन, बिक्री रोक्का गर्दै बजारबाट तुरुन्त फिर्ता गर्न विभागको निर्देशन

भेगा फार्मास्युटिकल्सद्धारा उत्पादित एमफास्ट एल ट्याब्लेट गुणस्तरहीन भेटिएको छ । बजार अनुगमनका क्रममा उक्त औषधि न्यून गुणस्तरको पाइएको औषधि व्यवस्था विभागले जानकारी दिएको हो ।

विभागका अनुसार ब्याच नम्बर ०२५०७९ को एमफास्ट एल ट्याब्लेट न्यून गुणस्तरको पुष्टि भएको छ । उक्त औषधिको बेचबिखन रोक्का गर्दै बजारबाट तुरुन्त फिर्ता गर्न निर्देशन पनि दिइएको छ ।

‘तपसिलको ब्याच नम्बरको औषधि न्यून गुणस्तर भएको पाइएकोले औषधि ऐन, २०३५ को दफा १४ बमोजिम बिक्रीवितरण रोक्का गरी बजारबाट तुरुन्त फिर्ता गर्न र सोको विवरण यस विभागमा पेश गर्न सम्बन्धित उद्योग तथा तिनका प्रतिनिधिहरुका जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ’, विभागद्वारा जारी सूचनामा उल्लेख छ ।

साथै, उक्त औषधिको सिफारिस, बेचबिखन र प्रयोग नगर्न पनि विभागले सबैलाई आग्रह गरेको छ ।

Submit a Comment

Your email address will not be published. Required fields are marked *

टोकियो, २९ जुलाई — जापानको दक्षिणी क्युसु टापुस्थित कुमामोतो प्रान्तमा मंगलबार आएको शक्तिशाली भूकम्पले ठूलो

काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले  गत आर्थिक वर्षमा विभिन्न समस्याग्रस्त सहकारीका करिब ११ हजार

काठमाडौँ । फिफा विश्वकप-२०२६ को नेपालमा भएको प्रत्यक्ष प्रसारणका क्रममा उपभोक्ताबाट कानुनविपरीत अतिरिक्त शुल्क असुल गरिएको,