श्रीमानसँग झगडापछि शरीरमा आगो लगाएकी सालु गुरुङको निधन, माइतीले लगे शव

काठमाडौं । गत साउन ४ गते बौद्धमा आत्मदाह प्रयास गरेकी सालु गुरुङको ९ गते उपचारका क्रममा निधन भएको छ ।

बौद्धमा खाजा घर सञ्चालन गर्ने गुरुङ र उनका पतिबीच झैँ झगडापछि उनले आत्मदाह प्रयास गरेकी थिइन् । निधन भएपछि उनको शव माइती पक्षले जिम्मा लिएको काठमाडौं प्रहरी प्रवक्ता एसपी पवनकुमार भट्टराईले बताए ।

काभ्रे, तेमाल गाउँपालिका- ३ स्थायी घर भई उनी गोकर्णेश्वर नगरपालिका- ८, माकलबारीमा परिवारसहित बस्दै आएकी थिइन् ।

२७ वर्षीया गुरुङले साउन ४ गते अपराह्न बौद्ध गेटअगाडि आत्मदाह प्रयास स्वरूप आफ्नै शरीरमा पेट्रोल छर्किएर आगो लगाएकी थिइन् ।

घटना भएलगत्तै गोकर्णेश्वर- ६ स्थित सुष्मा कोइराला मेमोरियल अस्पताल लगिएको थियो । स्थित गम्भीर भएपछि कीर्तिपुर लगिएको थियो । त्यहाँ उपचारका क्रममा निधन भएको हो ।

माइती पक्षले शव जिम्मा लिए पनि उनीहरूले कसैका विरुद्ध किटानी जाहेरी दिएका छैनन् ।

Submit a Comment

Your email address will not be published. Required fields are marked *

टोकियो, २९ जुलाई — जापानको दक्षिणी क्युसु टापुस्थित कुमामोतो प्रान्तमा मंगलबार आएको शक्तिशाली भूकम्पले ठूलो

काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले  गत आर्थिक वर्षमा विभिन्न समस्याग्रस्त सहकारीका करिब ११ हजार

काठमाडौँ । फिफा विश्वकप-२०२६ को नेपालमा भएको प्रत्यक्ष प्रसारणका क्रममा उपभोक्ताबाट कानुनविपरीत अतिरिक्त शुल्क असुल गरिएको,