अक्षरा’को तीज गीत ‘नाचौन बरिलै’ सार्वजनिक, भदौ २६ मा फिल्म प्रदर्शन हुँदै

काठमाडौं । आगामी भदौ २६ गते देशभर प्रदर्शनमा आउन लागेको सोनी थापा (ढुङ्गाना) को नेपाली चलचित्र अक्षरा’को तीज विशेष गीत ‘नाचौन बरिलै’ भव्य कार्यक्रमबीच सार्वजनिक गरिएको छ। काठमाडौंमा आयोजित मुभी सङ रिलिजिङ सेरेमोनीमा चलचित्रका कलाकार, निर्माण टिम, सञ्चारकर्मी तथा चलचित्रकर्मीको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा प्रदर्शन गरिएको पोस्टरमा चलचित्रका मुख्य कलाकार आकर्षक तीज पहिरनमा देखिएका छन्। कार्यक्रममा निर्माण टिमले गीतले नेपाली तीजको मौलिकता, संस्कृति र उत्सवको भावना झल्काउने विश्वास व्यक्त गरेको थियो।

चलचित्र विनयराज पौडेलको निर्देशनमा बनेको हो भने उग्रसेन ढुङ्गानासुग्रसेन ढुङ्गाना निर्माता रहेका छन्। ‘अक्षरा’को तीज गीतमा लोकलय र आधुनिक संगीतको संयोजन गरिएको निर्माण पक्षले जनाएको छ।गीत सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा पनि सकारात्मक प्रतिक्रिया आउन थालेको छ। निर्माण टिमले चलचित्र प्रदर्शनअघि थप प्रचार सामग्री र ट्रेलर समेत सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ।

Submit a Comment

Your email address will not be published. Required fields are marked *

काठमाडौं । निर्देशक सौरभ चौधरीले नयाँ चलचित्र ‘द राइज अफ साम्राज्य’का लागि अभिनेता दयाहाङ राईलाई

अवैध रुपमा टाटा गाडीका  नक्कली पार्ट पूर्जा तथा लुब्रिकेन्टस आयात गरि विक्रि वितरण गरि उपभोक्ता

विराटनगर। कोशी प्रदेशमा नयाँ सरकार गठनका सम्बन्धमा एमाले अध्यक्ष केपी शर्मा ओली र प्रदेशका मुख्यमन्त्री