पाकिस्तानको ब्रोड पिकमा हिमपहिरो: निर्मल पुर्जासहित ६ जना नेपाली आरोही वेपत्ता, खोज तथा उद्धार कार्य जारी

पाकिस्तानको काराकोरम हिमशृंखलास्थित ८,०४७ मिटर अग्लो ब्रोड पिक (Broad Peak) हिमालमा बिहीबार दिउँसो गएको हिमपहिरोमा परी ६ जना नेपाली आरोहीहरूसहित १० सदस्यीय अन्तर्राष्ट्रिय आरोहण टोली सम्पर्कविहीन भएको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभागले शुक्रबार विज्ञप्ति जारी गर्दै वेपत्ता हुने नेपाली आरोहीहरूमा निर्मल पुर्जा, पुरबहादुर गुरुङ, केलीपेम्बा शेर्पा, निमा शेर्पा, नवाङतेन्दु शेर्पा र ग्यालु शेर्पा रहेको पुष्टि गरेको छ। उक्त टोलीमा नेपालीसहित एक अमेरिकी, एक चिनियाँ र एक ओमानी आरोही समेत रहेका छन्।

बेपत्ता आरोहीहरूको खोज तथा उद्धारका लागि पाकिस्तान सेनाले दुईवटा विशेष उद्धार हेलिकोप्टर र दक्ष उद्धारकर्मी परिचालन गरेको छ। साथै, नेपालबाट पनि आवश्यक टोलीसहित उद्धार हेलिकोप्टर पठाउने तयारी भइरहेको र पाकिस्तानका पर्वतारोहण अधिकारीहरूसँग निरन्तर समन्वय भइरहेको छ।”हिमपहिरोपछि सम्पर्कविहीन हुनुभएका आरोहीहरूको स्थिति पत्ता लगाउन पाकिस्तानी अधिकारीहरू, अल्पाइन क्लब र कूटनीतिक नियोगहरूसँग निरन्तर समन्वय भइरहेको छ। खोज तथा उद्धार कार्यलाई तीव्र पारिएको छ,” पर्यटन विभागले जनाएको छ।

Submit a Comment

Your email address will not be published. Required fields are marked *

काठमाडौं । निर्देशक सौरभ चौधरीले नयाँ चलचित्र ‘द राइज अफ साम्राज्य’का लागि अभिनेता दयाहाङ राईलाई

अवैध रुपमा टाटा गाडीका  नक्कली पार्ट पूर्जा तथा लुब्रिकेन्टस आयात गरि विक्रि वितरण गरि उपभोक्ता

विराटनगर। कोशी प्रदेशमा नयाँ सरकार गठनका सम्बन्धमा एमाले अध्यक्ष केपी शर्मा ओली र प्रदेशका मुख्यमन्त्री