काठमाडौं उपत्यकामा २४ घण्टाभित्र १२ सयभन्दा बढी सवारी चालक कारबाहीमा

काठमाडौं — काठमाडौं उपत्यका ट्राफिक प्रहरी महाशाखाले पछिल्लो २४ घण्टामा उपत्यकाका विभिन्न स्थानमा सञ्चालन गरेको जाँचका क्रममा कुल १ हजार २७९ सवारीसाधनका चालकहरूलाई कारबाही गरेको छ।

शुक्रबार बिहानसम्म गरिएको विशेष जाँच तथा अनुगमनका क्रममा सवारी नियम उल्लङ्घन गर्ने चालकहरूलाई नियन्त्रणमा लिई कारबाही गरिएको हो।

कारबाहीको विवरण:

  • मादक पदार्थ सेवन (मापसे): ६९ जना
  • तीव्र गतिमा सवारी चलाउने: १४५ जना
  • सिसिटिभी (CCTV) मार्फत कारबाही: ७६ जना
  • लेन अनुशासन उल्लङ्घन (लेन क्रस): ६४ जना
  • रातो बत्ती (रेड लाइट) उल्लङ्घन: ५९ जना
  • हर्न निषेध क्षेत्रमा हर्न बजाउने: ३६ जना
  • एकतर्फी (वान-वे) मार्ग उल्लङ्घन: ३४ जना
  • सवारीको अवस्था ठिक नभएको: २६ जना
  • अन्य विविध नियम उल्लङ्घन: ७७० जना

सडक दुर्घटना न्यूनीकरण तथा उपत्यकाको ट्राफिक व्यवस्थापनलाई सुरक्षित र अनुशासित बनाउन जाँच अभियानलाई थप कडा बनाइएको ट्राफिक प्रहरीले जनाएको छ। “उपत्यकामा सवारी दुर्घटना रोक्न र सवारी नियमको पूर्ण पालना गराउन ट्राफिक चेकिङलाई नियमित र कडाइका साथ अघि बढाइएको छ। चालकहरूलाई जिम्मेवार बनेर सवारी चलाउन आग्रह गर्दछौँ,” काठमाडौं उपत्यका ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।

Submit a Comment

Your email address will not be published. Required fields are marked *

नेपाली कांग्रेसका निवर्तमान सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान सरकारले जनताको मतलाई कदर गर्नुपर्ने बताएका

रोल्पाको थबाङ गाउँपालिका–०५ कोटलबारामा अविरल वर्षासँगै आएको पहिरोले घर तथा गोठ पुरिँदा मृत्यु हुनेको संख्या

काठमाडौं । निर्देशक सौरभ चौधरीले नयाँ चलचित्र ‘द राइज अफ साम्राज्य’का लागि अभिनेता दयाहाङ राईलाई