रविसँग छलफलपछि हिन्दू–मुस्लिम धार्मिक अगुवाले मिलाए हात, दिए सामाजिक सद्भाव र एकताको सन्देश

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले धार्मिक समुदायका अगुवाहरूसँग छलफल गरेका छन् ।

धार्मिक हिंसा भड्किएपछि सामाजिक सद्भाव कायम राख्ने उद्देश्यले सभापति लामिछानेले धार्मिक समुदायका अगुवाहरूसँग छलफल गरेका हुन् ।

छलफलमा विश्व हिन्दू महासंघका महासचिव रामचन्द्र तिवारी, सचिवालय सदस्य राजुराज फुयाल, मौलाना नरुल हुसेन र मौलाना मोहम्मद खालिद सहभागी थिए ।

छलफलपछि उनीहरूले रविको अगाडि मिलाए हात मिलाएर एकताको सन्देश दिएका छन्।

रविले छलफलमा दुवै संस्थाबाट संयुक्त वक्तव्य निकाल्न आग्रह गरे ।

उनले भने, ‘यहीँ बसेर बनाऔँ, यहीँबाट सन्देश दिऊँ। हामी यहीँ ड्राफ्ट गरौँ। यहाँहरू यदि सहमत हुनुहुन्छ भने श्रेय जसले पाए पनि फरक पर्दैन। यो श्रेय प्राप्त गर्ने दौडमा हामी छैनौँ। म त बिल्कुलै छैन। हामी जिम्मेवारी पुरा गर्न आएका हौँ।’

उनले नागरिकको धन–जन जोगाउनको लागि एकताबद्ध हुनुपर्ने बताए।

उनले थपे, ‘अलिकति पनि ढिला गर्‍यौँ भने त्यसले अर्को विध्वंस निम्त्याउन सक्छ। हाम्रा भाइ-भतिजाहरू लडिरहेका छन्, घेरिएका छन्, तड्पिएर हिँडिरहेका छन्। जसले जुन उद्देश्यले यो आगो झोसेको भए पनि यो आगोले डढाउने हाम्रै घर हो। तर त्यो सल्किँदै आउने त यहीँ हो।’

Submit a Comment

Your email address will not be published. Required fields are marked *

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रधानमन्त्री रोजगार कार्यक्रमको १६ लाख ७२ हजार रुपैयाँ हिनामिना गरेको आरोपमा

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवको कार्यकाल यही महिनाको अन्त्यमा सकिँदै छ । भारतीय विदेश सेवाबाट

महाधिवेशनअन्तर्गत वडा, गाउँपालिका र नगरपालिका अधिवेशन सम्पन्न भइसकेका छन् भने प्रदेश सभा क्षेत्रीय अधिवेशन तथा