छनोट नभए पनि नेपालले वुमन्स एसिया कप खेल्ने !

काठमाडौँ — छनोट हुन नसके पनि नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीले वुमन्स एसिया कप खेल्ने भएको छ । क्रिकेट पोर्टल क्रिकइन्फोले जनाएअनुसार एसियाली क्रिकेट परिषद् (एसीसी) ले भारत, पाकिस्तान, डिफेन्डिङ च्याम्पियन श्रीलंका, बंगलादेश, थाइल्यान्ड, यूएई, मलेसिया र नेपाललाई समेट्दै वुमन्स एसिया कप आयोजना गर्न लागेको हो ।

यूएईलाई आयोजक राष्ट्र तोकिएको छ भने प्रतियोगिता अगस्ट २८ देखि सेप्टेम्बर १३ सम्म आयोजना हुनेछ । एसियाली क्रिकेटको सर्वोच्च संस्थाबाट अन्तिम स्वीकृति आउन बाँकी रहेको क्रिकइन्फोमा जनाइएको छ । पाकिस्तान क्रिकेट बोर्डका प्रमुख मोहसिन नाक्भी एसीसीका पनि अध्यक्ष हुन् ।

प्रतियोगिताको लोगोसहित एसीसीले २२ जुलाईमा वुमन्स एसिया कपमा सहभागी हुने राष्ट्रलाई पत्राचार पनि गरिसकेको क्रिकइन्फोले जनाएको छ, जसमा टिमहरू २७ अगस्टसम्म यूएई पुगिसक्नुपर्ने जनाइएको छ । १७ सेप्टेम्बरदेखि भने जापानको आइची/नागोयामा एसियाली खेलकुदमा महिला क्रिकेट पनि समावेश गरिएको हुनाले टोलीहरू दुबईबाट सिधै त्यहाँ पुग्ने सम्भावना छ ।

तर एसीसीले वुमन्स एसिया कपबारे आधिकारिक रूपमा केही जनाइसकेको छैन । नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले पनि यसबारे आधिकारिक जानकारी केही पनि प्राप्त नभएको बताएका छन् । ‘अहिलेसम्मको स्थितिमा वुमन्स एसिया कपबारे हामीलाई केही थाहा छैन, नेपाल खेल्ने भनेको छ, तर हाम्रो जानकारीमा केही आएको छैन,’ सचिव खड्काले भने ।

नेपाली महिला राष्ट्रिय टोलीकी कप्तान इन्दु बर्माले पनि नेपालले वुमन्स एसिया कप खेल्न लागेको बारे आफूलाई केही जानकारी नभएको बताइन् । क्रिकइन्फोले जनाएअनुसार प्रतियोगिता सुरु हुन अब २३ दिन बाँकी छ । तर इन्दुका अनुसार प्रतियोगिताको तयारी पनि केही गरिएको छैन ।

ट्वान्टी–२० संरचनामा वुमन्स एसिया कप हुन लागेको यो छैटौं अवसर हो । नेपालले यसअघि सन् २०१२, २०१६ र २०२४ मा गरी तीन पटक यस प्रतियोगिता खेलिसकेको छ । २०२४ मा श्रीलंकामा भएको पछिल्लो संस्करणमा नेपालले यूएईलाई ६ विकेटले पराजित गरेको थियो, जुन नेपालले एसिया कपमा हात पारेको एकमात्र जित हो ।

सौजन्य: https://ekantipur.com/sports

Submit a Comment

Your email address will not be published. Required fields are marked *

काठमाडौं । निर्देशक सौरभ चौधरीले नयाँ चलचित्र ‘द राइज अफ साम्राज्य’का लागि अभिनेता दयाहाङ राईलाई

अवैध रुपमा टाटा गाडीका  नक्कली पार्ट पूर्जा तथा लुब्रिकेन्टस आयात गरि विक्रि वितरण गरि उपभोक्ता

विराटनगर। कोशी प्रदेशमा नयाँ सरकार गठनका सम्बन्धमा एमाले अध्यक्ष केपी शर्मा ओली र प्रदेशका मुख्यमन्त्री