‘साम्राज्य’मा दयाहाङको प्रवेश

काठमाडौं । निर्देशक सौरभ चौधरीले नयाँ चलचित्र ‘द राइज अफ साम्राज्य’का लागि अभिनेता दयाहाङ राईलाई मुख्य भूमिकामा अनुबन्ध गरेका छन् । सौगात मल्लपछि सौरभले मुख्य भूमिकामा दयाहाङलाई अनुबन्ध गराएका हुन् ।

नेपाली रजतपटको यो हिट जोडी हो । ‘लुट’बाट एकैपटक स्टार बनेका यी दुई अभिनेताको प्रवेशसँगै यो सिनेमा प्रतिक्षित बन्नेछ । यी दुई अभिनेता एउटै सिनेमामा देखिँदा दर्शकमा उत्साह र कौतुहलता थपिने गरेको छ ।

“हामीले हालसम्म सौगात र दयाहाङलाई हाम्रो चलचित्रमा भित्र्याएका छौँ । यी दुई नामसँगै हामीसँग अझै सरप्राइजिङ नाम बाँकी नै छ,” सौरभले भने, “हामी यो पटक हाम्रो सिनेमालाई राम्रो र प्रतिक्षित बनाउन कुनै पनि कसर बाँकी राख्ने छैनौँ । दर्शकलाई सकेसम्म राम्रो र स्तरीय सिनेमा दिनु हाम्रो उद्देश्य हो ।”

दयाहाङ र सौगातको प्रवेश तथा सौरभको भनाइले यो सिनेमाको लाइनअप निकै बलियो हुने देखिएको छ ।

निर्देशक सौरभले दयाहाङसँग पहिलो पटक सहमार्य गर्न लागेका हुन् । यस चलचित्रमा दयाहाङलाई भिन्न चरित्रमा देख्न पाइने सौरभको भनाइ छ ।

डार्क हर्स इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुन लागेको यो चलचित्र मल्टीस्टार बन्ने पनि निश्चित भएको छ ।

यो चलचित्रमा उपन्यासकार बुद्धिसागरले कथा र पटकथा लेखेका छन् । यो चलचित्र ‘एपिक एक्सन ड्रामा’ हुने निर्देशक चौधरीले बताएका छन् ।

सौरभ चौधरी यसपटक पहिलेको तुलनामा अझ ठूलो क्यानभासमा फिल्म खिच्ने योजनामा छन् । यो नेपाली सिनेमाकै ठूलो स्केलको एक्सन चलचित्र हुने निर्माण पक्षको दाबी छ ।

चलचित्रको छायांकन आगामी भदौ पहिलो साताबाट सुरु हुनेछ । निर्माण टिमले ७० दिनको छायांकन तालिका तयार पारेको छ, जसको अधिकांश हिस्सा पूर्वी नेपालमा खिचिनेछ ।

यो चलचित्रको निर्मातामा प्रवेश चौधरी र निला देव रहेका छन् । को–प्रोडुसरमा विश्वास बस्नेत (बेन) र कार्यकारी निर्मातामा शंकर पाण्डे छन् ।

मानकृष्ण महर्जनको डीओपी रहने यो चलचित्रको एक्सन डिरेक्टरमा श्री श्रेष्ठ छन् । डिजिटल पाटर्नरमा ओएसआर डिजिटल रहेको छ भने पब्लिसिटी पार्टनरमा टौवा स्टुडियो छ । यो चलचित्रको वितरकमा डिसीएन रहेको छ ।

Submit a Comment

Your email address will not be published. Required fields are marked *

महाधिवेशनअन्तर्गत वडा, गाउँपालिका र नगरपालिका अधिवेशन सम्पन्न भइसकेका छन् भने प्रदेश सभा क्षेत्रीय अधिवेशन तथा

श्रीलंकासँगको क्वार्टरफाइनल खेल मंगलबार वर्षाका कारण हुन नसकेपछि नेपाली क्रिकेट टोली २० औं एसियाली खेलकुदबाट

काठमाडौँ । म्यान्मारको पश्चिमी रखाइन राज्यमा विद्रोही समूह अराकान आर्मी (एए)को नियन्त्रणमा रहेको क्षेत्रमा सेनाले