डिडिसीले सुरू गर्‍यो घिउ निर्यात, आज ५ सय केजी दुबई पठाइॅंदै

दुग्ध विकास संस्थान (डिडिसी)ले घिउ निर्यात सुरू गरेको छ।

डिडिसीले पहिलोपटक ५ सय किलो घिउ दुबई पठाउन लागेको हो।

डिडिसी प्रतिनिधिका अनुसार शुक्रबार (आज साँझको फ्लाइटमा) ५ सय किलो घिउ दुबई पठाइँदैछ। यो डिडिसीको घिउको पहिलो निर्यात हो।

डिडिसी र रातो तथा चन्द्र-सूर्य इन्टरनेसनलबीच वर्षमा न्यूनतम ५० हजार किलो घिउ निर्यात गर्नेगरी सम्झौता गरेको थियो।

सम्झौताअनुसार सुरुमा दुबईबाट निर्यात थालिएको डिडिसी प्रतिनिधीले बताएका छन्।

पहिलो चरणमा पठाइएको घिउ दुबईमा बिक्री गरिने र त्यसबाट आउने बजार प्रतिक्रियाका आधारमा थप घिउ पठाइने बताइएको छ।

दुबईमा माग बढेमा निर्यातको परिमाण पनि बढाइनेछ।

कम्पनीले दुबईलाई केन्द्र बनाएर पश्चिम एसियाली बजारमा घिउको निर्यात विस्तार गर्ने तयारी गरेको छ।हाल घिउ मात्रै निर्यात गर्न लागिएको हो।

सौजन्य- www.setopati.com

काठमाडौँ — नेपालले बलियो प्रतिद्वन्द्वी भारत ‘ए’ विरुद्ध खेल्दै शुक्रबार एसिया कप राइजिङ स्टार्स प्रतियोगिता

काठमाडौँ — फुटबलको सर्वोच्च निकाय फिफाको अध्यक्ष पदमा पुनः निर्वाचित हुन खोजिरहेका जियानी इन्फान्टिनोलाई फ्रान्स

काठमाडौं । उच्च अदालत पाटनका एक न्यायाधीशका व्यक्तिगत सुरक्षा अधिकृत (पीएसओ) ले न्यायाधीशकै निवासभित्र आफैँलाई