रसुवा बाढी : अबको केही घण्टामा मुग्लिन पार गर्ने

काठमाडौँ ।  रसुवाको भोटेकोसीमा आएको भीषण बाढी त्रिशूली नदी हुँदै तीव्र गतिमा अगाडि बढिरहेको छ ।  बुधबार बिहान १०: ५१ बजे पछिल्लो अपडेट जारी गर्दै बाढी पूर्वानुमान महाशाखाले बाढी हाल धादिङको गल्छी आसपास पुगिसकेको र अबको केही घण्टामा मुग्लिन पार गर्ने क्रममा रहेको जनाएको छ।

बाढीको सतह बढ्दै गएपछि महाशाखाले पृथ्वी राजमार्ग तथा मुग्लिन–नारायणगढ राजमार्ग लगायत त्रिशूली नदी किनारका सम्पूर्ण बस्ती र बजार क्षेत्र खाली गराउन आग्रह गरेको छ।

महाशाखाले तटीय क्षेत्रका बासिन्दालाई तत्काल सुरक्षित स्थानतर्फ लाग्न अपिल गर्दै भनेको छ, ‘त्रिशूली नदी छेउछाउका बस्ती र बजार क्षेत्र खाली गरी उच्च सतर्कताका साथ सुरक्षित स्थानमा रहनुहोस्।’ बाढी मुग्लिनतर्फ अगाडि बढिरहेकाले आसपासका क्षेत्रमा उच्च जोखिम सिर्जना भएको छ।

सौजन्य- www.ratopati.com

Submit a Comment

Your email address will not be published. Required fields are marked *

काठमाडौं ।  पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सरकारको कदममाथि प्रश्न उठिरहेका बेला राष्ट्रिय स्वतन्त्र

नेपालको अग्रणी भुक्तानी सेवा प्रदायक कम्पनी इसेवा लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा निरज शर्मा

आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोग गरी बैंकका उच्च अधिकारीको पहिचान र आवाज नक्कल गरेर इटालीको