सेनाको मेडिकल टिमसहित एमआई १७ हेलिकोप्टर काठमाडौंबाट रसुवातर्फ उड्यो

नेपाली सेनाको १४ सदस्यीय मेडिकल टिमसहित एमआई–१७ हेलिकोप्टर काठमाडौंबाट रसुवातर्फ उडेको छ ।

काठमाडौँ — नेपाली सेनाको १४ सदस्यीय मेडिकल टिमसहित एमआई–१७ हेलिकोप्टर काठमाडौंबाट उडेको छ । तत्काललाई त्रिशूलीस्थित ब्यारेकलाई बेस बनाएर रसुवातर्फ टोली जाने सैनिक प्रवक्ता राजाराम बस्नेतले कान्तिपुरलाई बताए ।

उनका अनुसार टिमुरे र स्याफ्रुबेँसीमा ठूलो क्षति पुगेकाले तत्काल त्यहाँ हेलिकोप्टर अवतरण गर्न सक्ने अवस्था छैन । ‘त्यसैले अनुकूलता हेरेर हवाई टोली त्यहाँ जानेछ,’ उनले भने ।

उद्धारका लागि ६ नम्बर बाहिनीबाट विपद् व्यवस्थापन टोलीसहितको जनशक्ति परिचालित भइसकेको उनले बताए । ‘अरू टोली पनि उद्धारमा खटिइसकेको छ,’ उनले  भने ।

बुधबार बिहान करिब ९ बजे तिब्बततर्फबाट आएको बाढीले टिमुरेमा ठूलो क्षति पुर्‍याएको छ । नुवाकोट, धादिङ र चितवनमा समेत उच्च सतर्कता अपनाउन भनिएको छ ।

सौजन्य- www.ekantipur.com

काठमाडौँ — नेपालले बलियो प्रतिद्वन्द्वी भारत ‘ए’ विरुद्ध खेल्दै शुक्रबार एसिया कप राइजिङ स्टार्स प्रतियोगिता

काठमाडौँ — फुटबलको सर्वोच्च निकाय फिफाको अध्यक्ष पदमा पुनः निर्वाचित हुन खोजिरहेका जियानी इन्फान्टिनोलाई फ्रान्स

काठमाडौं । उच्च अदालत पाटनका एक न्यायाधीशका व्यक्तिगत सुरक्षा अधिकृत (पीएसओ) ले न्यायाधीशकै निवासभित्र आफैँलाई