गोकर्णको जङ्गलमा बेवारिसे बाढी प्रभावित ४६ शवको व्यवस्थापन

भदौ १६ गते, काठमाडौं । विपद् प्रभावित जिल्लाहरूबाट पहिचान र पोस्टमार्टमका लागि काठमाडौँ ल्याइएकामध्ये पहिचान हुन नसकेका ४६ वटा शवलाई गोकर्णको जङ्गलमा गाडेर व्यवस्थापन गरिएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौँको सोमबारको निर्णयअनुसार गोकर्णेश्वर नगरपालिका–७ स्थित दक्षिणढोका जङ्गलमा ती शवहरू गाडिएको हो। भविष्यमा सनाखत हुन सक्ने सम्भावनालाई ध्यानमा राख्दै शव गाड्नुअघि अनिवार्य कानुनी तथा प्राविधिक प्रक्रिया पूरा गरिएको छ। जसअन्तर्गत प्रत्येक शव तथा अङ्गका टुक्राहरूको डिएनए (DNA) नमुना, फिंगर प्रिन्ट र पाँच-पाँच थान फोटो सुरक्षित राखिएको छ। भोटेकोशी बाढी प्रभावित क्षेत्र रसुवा, नुवाकोट र धादिङबाट त्रिवि शिक्षण अस्पताल (टीयू टिचिङ) मा जम्मा ११४ वटा शव तथा शवका टुक्राहरू ल्याइएको थियो। जसमध्ये हालसम्म १३ वटा शवको मात्रै पहिचान खुलेको छ।

काठमाडौँका एसएसपी दिलिप घिमिरेका अनुसार सनाखत भएकामध्ये १२ वटा शव आफन्तले बुझेर दाहसंस्कार गरिसकेका छन् भने बाँकी एक जनाको शव परिवारलाई बुझाउने प्रक्रिया जारी छ। पहिचान नखुलेका र दाबी गर्न कोही नआएका शवहरूलाई भने स्थानीय प्रशासनको रोहवरमा सुरक्षित रूपमा व्यवस्थापन गरिएको जिल्ला प्रशासन कार्यालयका अधिकारीले जानकारी दिएका छन्। शव गाड्नुअघि पहिचान नखुलेका शव र टुक्राटाक्रीको डिएनए नमुना सङ्कलन, फिंगर प्रिन्ट र पाँचथान फोटो लिइएको छ ।

News/photos Credit:www.boudhakhabar.com/

काठमाडौँ — नेपालले बलियो प्रतिद्वन्द्वी भारत ‘ए’ विरुद्ध खेल्दै शुक्रबार एसिया कप राइजिङ स्टार्स प्रतियोगिता

काठमाडौँ — फुटबलको सर्वोच्च निकाय फिफाको अध्यक्ष पदमा पुनः निर्वाचित हुन खोजिरहेका जियानी इन्फान्टिनोलाई फ्रान्स

काठमाडौं । उच्च अदालत पाटनका एक न्यायाधीशका व्यक्तिगत सुरक्षा अधिकृत (पीएसओ) ले न्यायाधीशकै निवासभित्र आफैँलाई