बाढी अपडेट : बिहीबार बिहानसम्म १ हजार ६ सय ५५ जनाको शव फेला, १२ हजारको उद्धार गरेकाे दाबी

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण १६ सय बढिको मृत्यु भएको छ ।बिहीबार बिहानसम्म १६ सय ५५ जनाको शव फेला परेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । त्यसैगरी बाढीका कारण चार हजार भन्दा बढि सम्पर्कबिहीन छन् भने करिव १२ हजार जनाको उद्दार गरिएको छ ।बाढीपछि राहत तथा उद्धार कार्यसँगै सम्पर्कविहीनको खोजीलाई प्राथमिकताका साथ अघि बढाइएको प्राधिकरणले जानकारी दिएको छ ।सुरक्षाकर्मीले नदी किनार, बाढी प्रभावित बस्ती, सडक तथा पहिरो प्रभावित क्षेत्रमा खोजी गरिरहेका छन् । बाढीका कारण ठूलो मानवीय क्षति हुनाका साथै हजारौँ नागरिक अझै सम्पर्कविहीन रहेकाले खोज तथा उद्धार कार्यलाई प्रभावकारी बनाइएको प्राधिकरणले जनाएको छ । बाढीका कारण मृत्यु भएकाहरुमध्ये केहिको शव पहिचान गरी आफन्तजनलाई बुझाइएको छ भने बिभिन्न स्थानमा फेला परि पहिचान हुन नसकेका शवहरुलाई जमिनमा सुरक्षित रुपमा गाडिएको छ ।

 

News/photo credit :corporateangle

काठमाडौँ — नेपालले बलियो प्रतिद्वन्द्वी भारत ‘ए’ विरुद्ध खेल्दै शुक्रबार एसिया कप राइजिङ स्टार्स प्रतियोगिता

काठमाडौँ — फुटबलको सर्वोच्च निकाय फिफाको अध्यक्ष पदमा पुनः निर्वाचित हुन खोजिरहेका जियानी इन्फान्टिनोलाई फ्रान्स

काठमाडौं । उच्च अदालत पाटनका एक न्यायाधीशका व्यक्तिगत सुरक्षा अधिकृत (पीएसओ) ले न्यायाधीशकै निवासभित्र आफैँलाई