कुलमानसँग प्रधानमन्त्री बालेनले सोधे– सुरुङभित्र फसेकाको उद्धार कसरी गर्ने ?

काठमाडौं । प्रधानमन्त्री बालेन शाह र उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङबीच बिहीबार भेटवार्ता भएको छ ।सिंहदरबारस्थित प्रधानमन्त्री निवासमा भएको भेटमा घिसिङले बाढी प्रभावित क्षेत्रमा स्थलगत निरीक्षणका क्रममा देखेका र बुझेका विषयसहित उद्धार, राहत तथा पुनर्स्थापनाका लागि सरकारले गर्नुपर्ने कामबारे सुझाव दिएका छन् ।घिसिङका अनुसार प्रधानमन्त्री बालेनले जलविद्युत् आयोजनाका सुरुङभित्र फसेका नागरिकको उद्धारबारे विशेष चासो राखेका थिए ।‘मुख्य गरेर सुरुङभित्र थुनिएका साथीहरूलाई कसरी उद्धार गर्ने भन्नेबारे उहाँहरूको जिज्ञासा थियो,’ घिसिङले भने, ‘त्यससम्बन्धमा हामीले बुझेका र गर्नुपर्ने कुराहरू राखेका छौं ।’घिसिङ नेतृत्वको टोलीले विपद्को अवस्थामा उद्धार, राहत र पुनर्स्थापनाका विषयमा लिखित तथा मौखिक सुझाव दिएको जनाएको छ ।सुरुङभित्र फसेकाको उद्धारका लागि जुनसुकै उपाय अपनाउनुपर्ने भए पनि सरकार तयार रहेको प्रधानमन्त्री बालेनले बताएको घिसिङले जानकारी दिए ।‘यो विषयमा हामी सकेको जुनसुकै काम गर्नुपरे पनि गर्छौं । जुनसुकै अवस्थामा पनि जस्तोसुकै परिचालन गर्नुपरे पनि परिचालन गरेर अगाडि बढ्ने भन्नुभएको छ,’ घिसिङले भने ।

Mews/photos credit://corporateangle.com/

काठमाडौँ — नेपालले बलियो प्रतिद्वन्द्वी भारत ‘ए’ विरुद्ध खेल्दै शुक्रबार एसिया कप राइजिङ स्टार्स प्रतियोगिता

काठमाडौँ — फुटबलको सर्वोच्च निकाय फिफाको अध्यक्ष पदमा पुनः निर्वाचित हुन खोजिरहेका जियानी इन्फान्टिनोलाई फ्रान्स

काठमाडौं । उच्च अदालत पाटनका एक न्यायाधीशका व्यक्तिगत सुरक्षा अधिकृत (पीएसओ) ले न्यायाधीशकै निवासभित्र आफैँलाई