प्रिमियर कप क्रिकेटमा नेपालको लगातार दोस्रो जित

काठमाडौँ — करण केसीको उत्कृष्ट बलिङपछि नेपालले प्रिमियर कप क्रिकेटमा लगातार दोस्रो विजय हात पारेको छ । करणले ४ विकेट लिएपछि नेपालले बिहीबार घरेलु टोली मलेसियालाई ६ विकेटले पराजित गर्‍यो ।करणले ७.३ ओभरमा २३ रन खर्चेर उत्कृष्ट बलिङ गरेपछि क्वालालम्पुरस्थित वाईएसडी यूकेएम ओभलमा ३२.३ ओभर खेली १ सय ३ रनमै अलआउट भयो । अर्जुन कुमालले संयमित ब्याटिङ गरेपछि नेपालले २२ ओभरभित्रै १ सय ६ रन बनाएको थियो ।  करणले आफ्नो पहिलो दुई ओभरमा ओपनरद्वय नाजमुस सकिबलाई ३ र सैफ उल्लाहलाई ९ रनमा आउट गरेपछि मलेसिया सुरुआतदेखि दबाबमा परेको थियो । करणले अन्तिम २ विकेट लिई मलेसियाको इनिङ्सलाई सस्तैमा समेटेका थिए ।  करणबाहेक नेपालबाट ललित राजवंशीले २ विकेट लिए । उनले ६ ओभरमा १ मेडन राख्दै १९ रन खर्चे । त्यस्तै कप्तान सन्दीप लामिछानेसहित दीपेन्द्रसिंह ऐरी र हेमन्त धामीले १–१ विकेट लिए । मलेसियाबाट कप्तान सैयद अजिजले सर्वाधिक ३० रन बनाए । उनी करणको बलमा नवौं खेलाडीको रुपमा आउट भए । अजिजले ४९ बल खेली समान २ चौका र छक्का प्रहार गरे । अकिल वाहिदले ३९ बल खेली २ चौका प्रहार गर्दै २४, वीरनदीप सिंहले २६ बल खेली २ चौका प्रहार गर्दै १४ र सयहादत रमिलले २५ बल खेली २ चौका प्रहार गरी १३ रन बनाए ।

News /photos credit:ekantipur.com

काठमाडौँ — नेपालले बलियो प्रतिद्वन्द्वी भारत ‘ए’ विरुद्ध खेल्दै शुक्रबार एसिया कप राइजिङ स्टार्स प्रतियोगिता

काठमाडौँ — फुटबलको सर्वोच्च निकाय फिफाको अध्यक्ष पदमा पुनः निर्वाचित हुन खोजिरहेका जियानी इन्फान्टिनोलाई फ्रान्स

काठमाडौं । उच्च अदालत पाटनका एक न्यायाधीशका व्यक्तिगत सुरक्षा अधिकृत (पीएसओ) ले न्यायाधीशकै निवासभित्र आफैँलाई