विन नेपाल लघुवित्तको सेयर कारोबार रोक्का

काठमाण्डौ । विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर कारोबार रोक्का गरिएको छ। नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडलाई स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले प्राप्ति (एक्विजिसन) गर्ने प्रक्रिया सम्पन्न भएसँगै सेयर कारोबार रोक्का गरिएको हो। प्राप्ति प्रक्रिया सम्पन्न भई भदौ २१ गतेदेखि स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकीकृत कारोबार शुरु हुँदैछ । nधितोपत्र दर्ता गराएका संगठित संस्था एकआपसमा गाभ्ने/गाभिने तथा प्राप्तिसम्बन्धी निर्देशिका, २०७९ को दफा ९(३) बमोजिम लक्षित संस्था विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर कारोबार भदौ २१ गतेदेखि लागू हुने गरी रोक्का गरिएको नेप्सेले जनाएको छ। विन नेपाल लघुवित्त र स्वरोजगार लघुवित्तबीचको प्राप्ति प्रक्रिया पूरा भएसँगै कम्पनीको कारोबार तथा सञ्चालन स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट अघि बढ्नेछ।

काठमाडौँ — नेपालले बलियो प्रतिद्वन्द्वी भारत ‘ए’ विरुद्ध खेल्दै शुक्रबार एसिया कप राइजिङ स्टार्स प्रतियोगिता

काठमाडौँ — फुटबलको सर्वोच्च निकाय फिफाको अध्यक्ष पदमा पुनः निर्वाचित हुन खोजिरहेका जियानी इन्फान्टिनोलाई फ्रान्स

काठमाडौं । उच्च अदालत पाटनका एक न्यायाधीशका व्यक्तिगत सुरक्षा अधिकृत (पीएसओ) ले न्यायाधीशकै निवासभित्र आफैँलाई