बाढीले टुटेको नुवाकोट-धादिङको लाइफलाइन जोड्दै सेना, देवीघाटमा एक्रो ब्रिज निर्माण तीव्र

नुवाकोट । भदौ १० गते आएको बाढीका कारण त्रिशूली नदी आसपासका अधिकांश पुलमा क्षति पुगेपछि टुटेको नुवाकोट-धादिङको यातायात सम्पर्क पुनःस्थापित गर्न नेपाली सेनाले एक्रो ब्रिज निर्माणलाई तीव्रता दिएको छ । नुवाकोटको विदुर नगरपालिका-५ देवीघाटस्थित तादी नदीमा नेपाली सेनाको इन्जिनियरिङ फौजले एक्रो ब्रिज निर्माणको काम अघि बढाएको हो । बाढीका कारण सडक तथा पुलमा क्षति पुगेपछि प्रभावित क्षेत्रको आवागमन सहज बनाउन सेनाले ६० मिटर लामो र ५.५ मिटर चौडा पुल निर्माण गरिरहेको छ । उक्त पुलले ५० टनसम्म भारवहन गर्न सक्ने क्षमता राख्ने बताइएको छ । पुल निर्माण सम्पन्न भएपछि देवीघाटसहित आसपासका बस्तीमा आवागमन तथा यातायात सेवा सहज हुने अपेक्षा गरिएको छ । बाढीपछि अवरुद्ध सडक सम्पर्कका कारण स्थानीयवासी तथा यात्रुले भोग्दै आएको समस्या पुल सञ्चालनमा आएपछि केही हदसम्म समाधान हुने विश्वास गरिएको छ ।

काठमाडौँ — नेपालले बलियो प्रतिद्वन्द्वी भारत ‘ए’ विरुद्ध खेल्दै शुक्रबार एसिया कप राइजिङ स्टार्स प्रतियोगिता

काठमाडौँ — फुटबलको सर्वोच्च निकाय फिफाको अध्यक्ष पदमा पुनः निर्वाचित हुन खोजिरहेका जियानी इन्फान्टिनोलाई फ्रान्स

काठमाडौं । उच्च अदालत पाटनका एक न्यायाधीशका व्यक्तिगत सुरक्षा अधिकृत (पीएसओ) ले न्यायाधीशकै निवासभित्र आफैँलाई