काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर सहितका पदाधिकारी तथा कर्मचारीहरूले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितहरूका लागि १ करोड ३८ लाख ८९ हजार ४२५ रुपैयाँ सहयोग गरेका छन् ।गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीले जनधनको ठूलो क्षति पुर्याएको थियो । सो विपद्बबाट प्रभावित भएका व्यक्ति तथा परिवारहरूको राहत र पुनःस्थापनाका लागि राष्ट्र बैंकको गभर्नर, डेपुटी गभर्नर र कर्मचारीहरुको तर्फबाट उक्त आर्थिक सहयोग उपलब्ध गराएको हो ।उक्त सहयोग केन्द्रिय बैंकका गभर्नर, डेपुटी गभर्नर तथा कर्मचारीहरु (करार सेवामा कार्यरत) समेतको तर्फबाट गरिएको हो ।


काठमाडौँ — नेपालले बलियो प्रतिद्वन्द्वी भारत ‘ए’ विरुद्ध खेल्दै शुक्रबार एसिया कप राइजिङ स्टार्स प्रतियोगिता
काठमाडौँ — फुटबलको सर्वोच्च निकाय फिफाको अध्यक्ष पदमा पुनः निर्वाचित हुन खोजिरहेका जियानी इन्फान्टिनोलाई फ्रान्स
काठमाडौं । उच्च अदालत पाटनका एक न्यायाधीशका व्यक्तिगत सुरक्षा अधिकृत (पीएसओ) ले न्यायाधीशकै निवासभित्र आफैँलाई
