युरोपेली च्याम्पियन्स लिग: लगातार च्याम्पियन बन्ने दौडमा पीएसजी

पेरिस — युरोपेली च्याम्पियन्स लिग फुटबलको नयाँ सिजन यसै साता सुरु हुँदै छ । दुई पटकको डिफेन्डिङ च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) को लक्ष्य रहनेछ, लगातार तेस्रोपल्ट उपाधि जित्ने । पीएसजीले गत सिजन बुडापेस्टमा भएको फाइनलमा इंग्लिस प्रतिद्वन्द्वी आर्सनललाई पेनाल्टी शुटआउटमा हराएर सफलतापूर्वक उपाधि रक्षा गरेको थियो ।  त्यसको एक वर्षअघि पीएसजीले पहिलो पटक युरोपेली क्लब फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता जितेको थियो । लगातार दोस्रोपल्ट उपाधि जितेर लुइस एनरिकेको टिमले आफूलाई प्रतियोगिताको इतिहासकै एक महान टिम साबित गरेको थियो । सन् १९९२ यता आधुनिक च्याम्पियन्स लिग सुरु भएको आधार मान्ने हो भने रियल म्याड्रिडले मात्र लगातार दुईपल्ट च्याम्पियन्स लिग जितेको छ ।  पीएसजीले लगातार तेस्रोपल्ट उपाधि जित्छ भने त्यो दुर्लभ ऐतिहासिक उपलब्धि हुनेछ । प्रशिक्षक जिनेदिन जिदानको नेतृत्वमा रियलले सन् २०१६ देखि २०१८ बीच यस्तै ठूलो उपलब्धि जितेको थियो । इतिहासमै यस्तो उपलब्धि जित्ने टिम अयाक्स र बायर्न म्युनिख छन् । अयाक्सले सन् १९७१–०७३ र बायर्नले सन् १९७४–०७६ मा यस्तो उपलब्धि हात पारेको थियो ।  अझ रियलले सन् १९५६ देखि १९६० बीच लगातार पाँचपल्ट सुरुआती युरोपेली उपाधि जितेको थियो । सन् २०१५ मा बार्सिलोनाका लागि यही च्याम्पियन्स लिग जितेका प्रशिक्षक एनरिकेले भन्छन्, ‘हाम्रो उद्देश्य स्पष्ट छ, हामी बढीभन्दा बढी उपाधि जित्न चाहन्छौं र यसमा च्याम्पियन्स लिगभन्दा अर्को ठूलो हुनै हुन सक्दैन ।’ पीएसजीको उपलब्धिसँगै प्रतियोगिता आफै नयाँ स्वरूपमा प्रवेश गरेको थियो ।

काठमाडौँ — नेपालले बलियो प्रतिद्वन्द्वी भारत ‘ए’ विरुद्ध खेल्दै शुक्रबार एसिया कप राइजिङ स्टार्स प्रतियोगिता

काठमाडौँ — फुटबलको सर्वोच्च निकाय फिफाको अध्यक्ष पदमा पुनः निर्वाचित हुन खोजिरहेका जियानी इन्फान्टिनोलाई फ्रान्स

काठमाडौं । उच्च अदालत पाटनका एक न्यायाधीशका व्यक्तिगत सुरक्षा अधिकृत (पीएसओ) ले न्यायाधीशकै निवासभित्र आफैँलाई