२६ भदौ, काठमाडौं । मलेसियामा जारी एसीसी प्रिमियर कपको उपाधिका लागि नेपाल र यूएईबीच प्रतिस्पर्धा हुने भएको छ । बिहीबार भएको सेमिफाइनलमा नेपालले ओमानमाथि शानदार जित निकाल्दै फाइनलमा स्थान बनाएको हो । अर्को सेमिफाइनलमा यूएईले हङकङमाथि ७ विकेटको जित निकाल्दै फाइनलमा स्थान बनाइसकेको थियो । यूएई प्रतियोगितामा अपराजित छ । यूएईले समूह चरणका चारवटै खेल जितेर सेमिफाइनल खेलेको थियो । नेपाल भने समूह चरणको अन्तिम खेलमा हङकङसँग पराजित भएको थियो । नेपाल र यूएईबीचको फाइनल खेल शनिबार हुनेछ । उपाधि विजेताले एसिया कपमा स्थान बनाउनेछ ।
News credit :.onlinekhabar.com


